कर्णालीमा कांग्रेसको निर्णय  : वर्तमान गठबन्धन कायम राखी आफ्नै नेतृत्वमा सरकार

सुर्खेत,७ पाैष ।

नेपाली कांग्रेस कर्णाली प्रदेश कमिटीले कर्णालीका पहिलो चरणका कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने पहल गरिने निर्णय गरेको छ । बिहीबार कांग्रेस कर्णाली प्रदेश कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।

प्रदेश सभापति ललितजंग शाहीको सभापतित्वमा बसेको बैठकले कर्णाली प्रदेश सरकार गठन सम्बन्धमा, वर्तमान गठबन्धनलाई कायम रहने गरि कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय भएको प्रवक्ता दमन शाहीले जानकारी दिए ।

उनले भने, ‘१४ सिटसहित कांग्रेस पहिलो पार्टी बनेकाले कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्छ भन्ने हो ।’ साथै उनले प्रदेश सभा संसदीय दलको निर्वाचन गर्ने निर्णय गरेको छ । त्यसका लागि तीन सदस्यीय समिति गठन समेत गरिसकेको छ। समितिको संयोजकमा कृष्णबहादुर रोकाय र सदस्यमा खगिसरा आचार्य र दमन बहादुर शाही रहेका छन् ।

राताेपाटी 

कर्णालीमा कांग्रेसको निर्णय  : वर्तमान गठबन्धन कायम राखी आफ्नै नेतृत्वमा सरकार

जनमतले जन्मायो मधेशी भाषा, सिके राउतले लिँदैछन्

कर्णालीमा कांग्रेसको निर्णय  : वर्तमान गठबन्धन कायम राखी आफ्नै नेतृत्वमा सरकार

शपथ लिँदै सांसदहरू

Leave a comment

Your email address will not be published. Required fields are marked *