जनमतले जन्मायो मधेशी भाषा, सिके राउतले लिँदैछन् मैथिलीमा शपथ

काठमाडौं,७ पाैष ।

जनमत पार्टीका प्रवक्ता एवं सांसद अब्दुल खानलाई रातोपाटीले सोधेको थियो, ‘तपाईंको पार्टीका सांसदहरुले कुन कुन भाषामा शपथ लिनु हुन्छ ।’ उनको जवाफ थियो, ‘मधेशी भाषा ।’ के हो यो मधेशी भाषा, कहिले न सुनिएको भाषाको नाम सुनियो त भनि जिज्ञासामा उनले मधेशमा बोलिने सबै भाषालाई आफूहरूले मधेशी भाषा भनेको प्रष्ट पारे ।

उनले भने, ‘मधेशमा बोलिने हरेक भाषालाई हामी छुट्याएर भन्दैनौँ, त्यहाँ बोलिने हरेक भाषालाई हामीले मधेशी भाषा नामाकरण गरेका छौँ ।’ अब जनमत पार्टीले मधेशमा बोलिने मैथिली, भोजपुरी, ताजपुरिया, अवधी, हिन्दीलगायतका भाषालाई मधेशी भाषा भनेर सम्बोधन गर्ने जनाएको छ ।

पार्टीका उपाध्यक्ष समेत रहेका अब्दुल खान र गोमालाभ सापकोटाले नेपाली भाषामा शपथ लिनेछन् भने अध्यक्ष सिके राउत, अनिता देवी साह, विनिता कुमारी सिंह मैथिली भाषामा सपथ लिनेछन् । त्यस्तै, सोनु मुर्मुले सन्थाल भाषामा लिनेछिन् ।

राताेपाटी 

जनमतले जन्मायो मधेशी भाषा, सिके राउतले लिँदैछन् मैथिलीमा शपथ

कर्णालीमा कांग्रेसको निर्णय  : वर्तमान गठबन्धन कायम

Leave a comment

Your email address will not be published. Required fields are marked *