सन नेपाल लाइफ इन्स्योरेन्सको पाँचौ बार्षिकोत्सवमा रक्तदान

दिपेन्द्र शर्मा
जाजरकोट, ६ असोज ।
सन नेपाल लाइफ इन्स्योरेन्स कर्णाली प्रदेशले पाँचौ बार्षिक उत्सवको अवसर मा शाखा कार्यालय सुर्खेत र वीरेन्द्रनगर नगरपालिका–११ को सहकार्य र प्रदेश अस्पताल, कर्णाली प्रदेश सुर्खेतको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्स कर्णाली प्रदेशका प्रमुख गोबिन्द ढकालको अध्यक्षतामा विमा समिति कर्णाली प्रदेशका प्रदेश प्रमुख पदम प्रसाद सोडारी तथा वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष खिमलाल देवकोटाको बिशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, विमा अभिकर्ता लगायतको सहभागिता रहेको कार्यक्रम सञ्चालक गगन रानाले जानकारी दिए । उनका अनुसार रक्तदान गर्ने र अन्य सबै उपस्थितलाई खाजा फलफूलको ब्यबस्था गरिएको थियो ।

साथै उक्त कार्यक्रममा वैदेशिक रोजगारमा जाने क्रममा मृत्यु भएका दुई जनालाई चेक हस्तान्तरण पनि गरिएको गगन रानाले बताउँछन । बैदेशिक रोजगारीमा जाने वीरेन्द्रनगर नगरपालिका १२ निवासी स्वर्गिय सुकमाया राना र बराताल गाउँपालिका वडा नं. १० कि स्वर्गिय इश्वर पुन मगर ले ज्यान गुमाएका थिए ।

स्व. सुकमाया रानाको मृत्यु दाबि वापतको रकम जम्मा बाह्र लाख र स्व. इश्वर पुन मगरको मृत्यु दाबि वापत चौध लाख पैसा सन नेपाल कम्पनीको तर्फबाट चेक हस्तान्तरण गरिएको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कर्णाली प्रदेश सुर्खेतका प्रमुख गोबिन्द ढकालले जानकारी दिए । स्वर्गिय दुबैजनाले बैदेशिक रोजगारीमा जानु पूर्व सन नेपाल लाइफ इन्स्योरेन्समा म्यादी जिबन बिमा गरेका थिए ।

सन नेपाल लाइफ इन्स्योरेन्सको पाँचौ बार्षिकोत्सवमा रक्तदान

YUGAAWHAN NATIONAL DAILY (2079-06-06)

सन नेपाल लाइफ इन्स्योरेन्सको पाँचौ बार्षिकोत्सवमा रक्तदान

घरभाडामै कर्णाली सरकारको करोडौँ खर्च

Leave a comment

Your email address will not be published. Required fields are marked *