मलेसियाबाट एक सातामा ३७ जना नेपालीको शव ल्याइयो

काठमाडाै, १० फागुन ।
नेपाल वायुसेवा निगमको जहाजले एक सातामै ३७ वटा शव नेपाल ल्याएको छ । नेपाल वायु सेवा निगमका वरिष्ठ पाइलट विजय लामाले आइतबार मात्रै मलेसियाबाट एयरबस वाइडबडी जहाजमार्फत नेपाली युवाको २४ वटा शव र तीनवटा अस्तु लिएर फर्किएका थिए । यसअघि उनैले १७ जुलाईमा १२ वटा र २१ जुलाईमा एक नेपालीको शव लिएर आएका थिए ।

उनी नेतृत्वको नेपाल वायुसेवा निगमको जहाजले एक सातामै ३७ वटा शव नेपाल ल्याएको छ । मलेसियामा ज्यान गुमाएका नेपाली युवायुवती मध्ये अझै १८ जनाको शव ल्याउन बाँकी रहेको उनले बताएका छन् ।

‘मनमा धेरै दुःख लाग्दा लाग्दै पनि बाध्य छौँ शव ल्याउनलाई’, उनले भनेका छन्, ‘देशको स्थिति नै यस्तै छ । धनी र ठूलाबडाहरूलाई मात्रै हो त यो देश कि सबैलाई हो ?

उनी नेतृत्वको चालक दलले मलेसियाको क्वालालम्पुरबाट वैदेशिक रोजगारीबाट फर्किएका अन्य नेपालीलाई पनि ल्याए । घर फर्किन लागेका नेपाली देख्दा उनको मन रमायो । तर कयौँ शव पनि ल्याउनुपर्दा उनको मन कुँडिएको छ ।

आइतबार नेपाल वायु सेवा निगमको आरए ४१६ उडानमार्फत २४ शव ल्याएपछि पाइलट लामाले यस्तो काम गर्नै नपरे मनले शान्ति पाउने टिप्पणी गरेका छन् ।

‘विदेशमा श्रम र पसिना बेच्न गएका नेपाली दाजुभाइ दिदीबहिनीको शव ल्याउँदा जस्तो दुख पीडा अरु कुनै पनि उडान गर्दा हुन्न’, उनले भनेका छन्, ‘तथ्यांकमा मात्रै सीमित हुने त होला देश र सरकारको निम्ति यी शवहरु । मृतक र उनका आश्रित परिवारको सर्वस्व गुमेको छ ।’

उनले देशलाई बर्बाद पार्दै नेपाली दाजुभाइ दिदीबहिनीलाई विदेश जान बाध्य पारेकोमा राजनीतिक नेतृत्वसँग आक्रोश पोखेका छन् । ‘अब पनि पुगेन देशलाई बरबाद पार्दै नेपाली जनतालाई विदेश जान बाध्य बनाउने गरि एकआपसमा झगडा गर्न ?’, लामाले सोधेका छन्, ‘यति देखेपछि त केही गर्नु नि देश र जनताका लागि ! आफ्नो अनि पार्टीको स्वार्थ भन्दामाथि उठ्न सकिन्न र ?’ मलेसियाबाट २४ वटा शव ल्याएपछि क्याप्टेन लामाको प्रश्न ः यो देश धनी र ठूलाबडाको मात्रै हो ?

‘विदेशमा श्रम र पसिना बेच्न गएका नेपाली दाजुभाइ दिदीबहिनीको शव ल्याउँदा जस्तो दुख पीडा अरु कुनै पनि उडान गर्दा हुन्न’, उनले भनेका छन्, ‘तथ्यांकमा मात्रै सीमित हुने त होला देश र सरकारको निम्ति यी शवहरु । मृतक र उनका आश्रित परिवारको सर्वस्व गुमेको छ ।’

उनले देशलाई बर्बाद पार्दै नेपाली दाजुभाइ दिदीबहिनीलाई विदेश जान बाध्य पारेकोमा राजनीतिक नेतृत्वसँग आक्रोश पोखेका छन् । ‘अब पनि पुगेन देशलाई बरबाद पार्दै नेपाली जनतालाई विदेश जान बाध्य बनाउने गरि एकआपसमा झगडा गर्न ?’, लामाले सोधेका छन्, ‘यति देखेपछि त केही गर्नु नि देश र जनताका लागि ! आफ्नो अनि पार्टीको स्वार्थ भन्दामाथि उठ्न सकिन्न र ?’

मलेसियाबाट एक सातामा ३७ जना नेपालीको शव ल्याइयो

कर्णालीको विकास बजेट : सात महिनामा नौ

मलेसियाबाट एक सातामा ३७ जना नेपालीको शव ल्याइयो

YUGAAWHAN NATIONAL DAILY (2078-11-09)

Leave a comment

Your email address will not be published. Required fields are marked *