कर्णाली प्रदेश लोकसेवा आयोगको परीक्षा स्थगित

सुर्खेत, ९ फागुन ।
कर्णाली प्रदेश लोकसेवा आयोग सुर्खेतले लिखित परीक्षा स्थगित गरेको छ । आयोगले सोमवार एक सूचना जारी गर्दै परीक्षा स्थगित गरेको जानकारी दिएको छ ।

फागुन १४ देखि चैत २६ गतेसम्म सञ्चालन हुने गरी पूर्वनिर्धारित प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवाको पाँचौं तहका प्राविधिक तथा अप्राविधिक पदहरुको लिखित परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रदेश लोकसेवा आयोगले पहिलोपटक कर्मचारी पदपूर्तिका लागि विज्ञापन खुलाएको थियो । प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवा पाँचौं तहका विभिन्न सेवा समूहका प्राविधिक र अप्राविधिकतर्फ तीन सयभन्दा बढी पदका लागि गत पुस २७ गते लिखित परीक्षाको विज्ञापन गरिएको थियो ।

आयोगले खुलाएको विज्ञापनविरुद्व सर्वोच्च अदालतमा रिट परेपछि तत्कालका लागि परीक्षा स्थगित गरिएको आयोगका शाखा अधिकृत प्रेमप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश लोकसेवाले विज्ञापनमा थारू समुदायलाई आरक्षण नदिएको भन्दै थारु कल्याणकारिणी सभा र अधिवक्ता श्रवणकुमार चौधरीले सर्वोच्चमा रिट दर्ता गराएका थिए । उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको इजलासले परीक्षा सञ्चालन नगरी यथास्थितिमा राख्न अन्तरकालीन आदेश दिएको हो । अदालतको उक्त आदेशपछि आयोगले परीक्षा स्थगित गरेको छ ।

कर्णाली प्रदेश लोकसेवा आयोगको परीक्षा स्थगित

एकिकृत समाजवादीको बराहतालमा वडा कमिटी

कर्णाली प्रदेश लोकसेवा आयोगको परीक्षा स्थगित

कुमाखमा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड हुँदै

1 Comment

  1. प्रेम बहादुर नेपाली
    21st Feb 2022 Reply

    सबै वर्ग समुदायको राज्यको हरेक ठाउँमा स्थापित र समाहित गर्ने पद्धतिको खिलाप गर्ने गद्दार शासक को घोर बिरोध गर्दछौ र यथासिघ्र समानुपातिक आरक्षणको व्यवस्था र कायम गर।

Leave a comment

Your email address will not be published. Required fields are marked *