एकिकृत समाजवादीको बराहतालमा वडा कमिटी

सुर्खेत, ९ फागुन ।
एकिकृत समाजवादी बराहताल ५ नं. वडा कमिटी गठन भएको छ । सोमबार सम्पन्न वडा भेलाले लोकबहादुर साठीघरेको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरको हो ।
बराहताल गाउँ कमिटी अध्यक्ष अर्जुनकुमार बुचा मगर प्रमुख आतिथ्यता र युवा संघ बराहतालका अध्यक्ष कुल बहादुर सलामीको उपस्थितिमा भेला सम्पन्न भएको थियो ।






