जेष्ठ नागरिकलाई सम्मान

सुर्खेत, ९ फागुन ।
पञ्चपुरी नगरपालिका वडा नं. ६ को आयोजनामा जेष्ठ नागरिकलाई घरमै पुगेर सम्मान गरिएको छ । वडा नं. ६ अन्तरगतका ७० बर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई स्वास्थ्य सामाग्री बितरण गरिएको छ ।
वडा भित्रका १ सय २५ जना जेष्ठ नागरिक र ५ जना अपांगता भएका ब्यक्तिहरुलाइ सहयोग गरिएको हो । घरदैलो कार्यक्रममा वडाका जनप्रतिनिधिहरुले कोरोना सम्बन्धि सचेतना समेत दिईएका छन् ।
वडाका जनप्रतिनिधिहरुले लाटिकाडा, भावर, चतुरे र तिलकपुरका प्रत्येक टोलमा पुगेर सामाग्री बितरण गरेको प्रेम सुनारले जानकारी दिएका छन् । कार्यक्रममा वडा अध्यक्ष खड्कबहादुर थापा, सदस्य सज्जन कार्की, अनिता बिक, रुक्मी देवकोटा वडा सचिब यमुना लम्साल लगायतको सहभागीता रहेको थियोे ।








