बैतडी टिप्पर दुर्घटनामा मृतक तीन जनाको सनाखत, छ जना घाइते

बैतडी, ९ फागुन ।
ग्रामीण सडकमा विद्यार्थी बोकेर हिँडेको निर्माण व्यवसायिको टिप्पर दुर्घटनामा परी मृत्यु हुने तीन जनाको सनाखत भएको छ । ६ जना गम्भीर घाइतेको उद्धार गरेर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

बैतडीको पाटन नगरपालिका –३, गुरुडास्थित सिगास माविका विद्यार्थी बा ३ ख ४८७९ नम्बरको टिप्पर चढेर घर फर्किदै गर्दा सोमबार अपराह्न ४ः३० बजे पाटन नगरपालिका –३, डमोरा भन्ने स्थानमा दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले बताउनुभयो ।

प्रहरी निरीक्षक शाहीकाअनुसार प्रहरी टोली घटनास्थल पुगेको छ । स्थानीय र यातायात व्यवसायीले दुर्घटनामा सात जनाको मृत्यु भएको जानकारी दिएपनि प्रहरीले तीन जनाको मृत्यु भएको जनाएको छ । ६ जना गम्भीर घाइते भएका छन् । टिप्पर चालक फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा पाटन नगरपालिका–३, जडाकोटका १२ वर्षीया ज्ञानु बिष्ट, सोही ठाउँका १७ वर्षीय अलीत अवस्थी र जनकराज पन्त रहेको प्रहरी निरीक्षक शाहीले बताउनुभयो । घाइतेको नामावली खुल्न बाँकी रहेको उहाँले बताउनुभयो ।

बैतडी टिप्पर दुर्घटनामा मृतक तीन जनाको सनाखत, छ जना घाइते

कोहलपुरमा ट्रकले महिला प्रहरीको ज्यान लियो

बैतडी टिप्पर दुर्घटनामा मृतक तीन जनाको सनाखत, छ जना घाइते

जेष्ठ नागरिकलाई सम्मान

Leave a comment

Your email address will not be published. Required fields are marked *