एमाले नगर उप–सचिव वस्नेत र वडा कमिटी सचिव विसीको उम्मेदवारी घोषणा

दुर्गा विसि
सल्लीबजार, ९ फागुन ।
स्थानीय चुनावको मिति नजिकै गर्दा स्थानीय युवाहरु पनि उम्मेदवारीको लागि हौसिएका छन् । बनगाड कुपिण्डे नगरपालिका वडा नं. ७ बाट २ युवाले उम्मेदवार घोषणा गरेका छन् ।

दुबै युवा नेकपा एमाले निकट मानिन्छन् । कृष्ण विसि वडा कमिटी सचिव हुन भने प्रकाश वस्नेत नगर कमिटी उप–सचिव हुन । दुबै जनाले आफ्नो उम्मेदवारी घोषणा भएको जनाएका छन् ।

पार्टीले टिकट नदिए पनि स्वतन्त्र उम्मेदवार उठ्ने उनीहरुको ठोकुवा छ । कुनै पनि हालतमा उम्मेदवार फिर्ता नभई कायमै रहने जनाएको छ । वस्नेत एमाले उपसचिव हुन भने उनको टोल लेखसँग्रही हो । अर्को विसिको भने घाजरी हो ।

वस्नेतले कृषि,पर्यटन,पर्यावरण,युवा मैत्री रोजगार,शिक्षा र स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा नजर परेको जनाएका छन् । आफु निर्वाचित पश्चात् यी यी महत्वपूर्ण क्षेत्रमा काम गर्ने घोषाणा र रोडम्याप तय गरिएको छ । दुबै युवाले जनप्रतिनिधि भए पश्चात् पाउने सेवा सुविधा वडाका विपन्न बालबालिकाको शिक्षामा खर्चने जनाएका छन् ।

स्थानीय चुनाव हुने अनिश्चितता वढिरहेता पनि युवाहरु चुनाव हुने वातावरण सरकारले तय र ग्यारेन्टी हुनुपर्ने धारणा राखेका छ । जनताका अतिआवश्यक चिज वस्तु गास, बास र कपास जस्ता कुराहरुमा मात्रै आफ्नो बढी ध्यानाकर्षण हुने वस्नेतको भनाइ रहेको छ ।

एमाले नगर उप–सचिव वस्नेत र वडा कमिटी सचिव विसीको उम्मेदवारी घोषणा

नाग्म–गमगडी सडकको ५२ किमि ग्राभेल, दश पक्की

एमाले नगर उप–सचिव वस्नेत र वडा कमिटी सचिव विसीको उम्मेदवारी घोषणा

फोर्सको ठक्करबाट वडा अध्यक्ष कार्की गम्भिर घाइते

Leave a comment

Your email address will not be published. Required fields are marked *