बाढी, पहिरो प्रभावित परिवारहरुलाइ राहत बितरण

दैलेख ,३ कार्तिक ।
चामुण्डा बिन्द्रसैनी नगरपालिका दैलेखले यस बर्षको मनसुन अवधिमा जलजन्य विपदबाट प्रभावित परिवारहरुलाई पालिकाको विपद ब्यबस्थापन कोषबाट सहयोग प्रदान गर्न शुरु गरेको छ ।

चामुण्डा बिन्द्रासैनी नगरपालिकाले पालिकाको क्षेत्र भित्र प्राकृतिक÷ गैर प्राकृतिक विपद तथा जलबायु परिबर्तनका कारण उत्पन्न विपद को अवस्थामा रहेका लाई छिटो र व्यबस्थीत रुपमा सहयोग र विपद जोखिम न्युनिकरणका गतिविधिहरु गर्न पालिकाले कोष स्थापना गरेकाले उक्त कोष परिचालन गरि यस बर्षको मनसुनको अवधिमा प्रभावित भएका परिवारलाई सहयोग गरिरहेकोको पालिका प्रमुख तथा नगर विपद ब्यबस्थापन समिति संयोजक गणेश कुमार शाहीले जानकारी दिए । पालिकाले उपलब्ध गराइरहेको सहयोगले प्रभावित परिवारलाइ केहि राहत हुने नगर उपप्रमुख मनसरा शर्माले बताए ।

पालिकाको उक्त्त कोषमा यस बर्ष सेभ द चिल्ड्रेन को सहयोगमा एभरेस्ट क्लब दैलेख द्वारा चामुण्डा बिन्द्रासैनी मा संचालित किरण परियोजनाले कोषमा रु ६ लाख रकम सहयोग गरेको थियो भने पालिकाले यस बर्ष कोषमा रु १० लाख बिनियोजन गरेको पालिकाका लेखा अधिकृत तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम बहादुर रावतले जानकारी दिए ।

चामुण्डा बिन्द्रासैनी नगरपालिका संगको समन्वयमा सेभ द चिल्ड्रेन र एभरेस्ट क्लब दैलेख द्वारा संचालित किरण परियोजनाले विपद पुर्ब तयारी र प्रतिकार्यका लागि कोषमा सहयोग गरेको किरण परियोजनाका विपद जोखिम न्युनिकरण संयोजक हेमन्तराज ओझाले बताए ।

यस बर्षको मनसुनको बेला परेका अभिरल वर्षाका कारण बाढी, पहिरो तथा जमिन भासीएर पालिकाका विभिन्न समुदायका ७० घर भन्दा बढी पूर्ण र १५० जति घरमा आंशिक क्षति पुर्याएको, १ जनाको मृत्यू, ४० घर बिस्थापित र १०० भन्दा बढी घरधुरीहरू उच्च जोखिममा र ५० रोपनी जमिनमा लगाएको अन्न बालीमा क्षति गरेको रहेका विपद ब्यबस्थापन शाखा प्रमुख मिना अधिकारीले जानकारी दिए  ।

पालिकाले मृतकको परिवारलाई ३० हजार, घर पूर्ण क्षति भएको प्रति परिवार रु १० हजार र आंशिक क्षति भएको परिवारलाई ५ हजार रुपैया सहयोग गरिरहेको छ ।

बाढी, पहिरो प्रभावित परिवारहरुलाइ राहत बितरण

पश्चिमी वायुको सामान्य प्रभाव, यस्तो छ आजको

बाढी, पहिरो प्रभावित परिवारहरुलाइ राहत बितरण

यौनिक तथा लैंगिक अल्पसंख्यकको मुद्धा समावेश गरिदिन

Leave a comment

Your email address will not be published. Required fields are marked *