वन कार्यालयको हिरासतमा मृत्यु प्रकरण : कसुरदारलाई जन्मकैदको माग

सुर्खेत, ४ भदौं ।
डिभिजन वन कार्यालय सुर्खेतको हिरासतमा मृत्यु भएका भनिएका व्यक्तिका आफन्तले कार्यालयका कर्मचारी विरुद्व किटानी जाहेरी दिएका छन् । डिभिजन वन कार्यालय सुर्खेतका चार जना कर्मचारीविरुद्व आफन्तले किटानी जाहेरी दिएका हुन् ।

बिहिबार डिभिजन वन कार्यालयको हिरासतमा वीरेन्द्रनगर–१३ का ५९ वर्षीय धनिराम लामिछानेको मृत्यु भएपछि उनका छोरा उत्तम लामिछानेले किटानी जाहेरी दिएका छन् । लामिछानेले दिएको जाहेरीमा वीरेन्द्रनगर सव–डिभिजन कार्यालयका सहायक वन अधिकृत कृष्णराम धिताल, फरेष्टर सन्तोष खत्री, वन रक्षकद्वय पियुषराज तिवारी र सुरेन्द्र रानाको विरुद्वमा उनीहरुलाई जन्म कैदसहित क्षतिपूर्ति सहितको सजाय माग गरिएको छ ।

जाहेरीमा मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद १२ ज्यान सम्बन्धिका दफा १७७ बमोजिम कसुर भएको उल्लेख छ । मुलुकी अपराध संहिताको दफा १७७ को उपदफा (२) बमोजिम ज्यान मार्ने नियतले कसुर गर्ने र गराउने व्यक्तिलाई जन्म कैदको सजाय हुने उल्लेख छ ।

छानबिन समिति गठन हिरासतमा बिहिबार धनिराम लामिछानेको मृत्यु भएपछि उनका आफन्तहरु आन्दोलित बनेका छन् । बिहिबार र शुक्रबार लगातार दुई दिन आफन्तहरुले डिभिजन वन कार्यालय सुर्खेत परिसर अगाडि आफ्ना विभिन्न माग सहित धर्ना दिएका छन् ।

छानविन समिति गठन
कर्णालीका आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाहीसमेत डिभिजन वन कार्यालय पुगेका थिए । मन्त्री शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीको छलफलपछि हिरासतमा मृत्यु भएको भनिएको घटनाको छानविनका लागि छानविन समिति समेत गठन गरिएको छ ।

घटनाको छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयका सचिव प्रेमप्रसाद आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति समिति बनाईएको छ ।

छानबिन समितिमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत पदमलाल लामिछाने, राष्ट्रिय अनुसन्धान कार्यालय सुर्खेतका अधिकृत गोपाल थापा, जिल्ला प्रहरी कार्यालय सुर्खेत मातहत नगर प्रहरी कार्यालयका निरीक्षक कृष्ण डाँगी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानुन सचिव खगेन्द्रकुमार खत्री छन् ।

कुटपिटकै कारण ज्यान गएको आफन्तको दावी
बिहिबारका दिन वीरेन्द्रनगर–१३ स्थित धनिराम लामिछानेको सालको रुख काटिएको सूचना वन डिभिजनको कार्यलयमा पुग्छ । सूचना पाएलगत्तै तत्काल वीरेन्द्रनगर सब–डिभिजन वन कार्यालयको टोली उक्त स्थानमा पुग्छ र मृतक लामिछानेकी श्रीमति बलिसरालाई नियन्त्रणमा लिन्छ ।

उक्त स्थानमा पुगेका सहायक वन अधिकृत कृष्णराम धिताल र वन रक्षक सुरेन्द्र राना फर्किन्छन् । फरेष्टर सन्तोष खत्री र वन रक्षक वियुषराज तिवारी त्यही नै बस्छन् । केहि समयपछि वन कार्यालयको गाडि पुनः सो स्थानमा आईपुग्छ । सूचनाका आधारमा मृतक धनिराम लामिछाने घर फर्किएको पत्तो पाएपछि उनलाई समेत पक्राउ गरी वन कार्यालयका कर्मचारीहरुले कार्यालय ल्याउँछन् ।

पक्राउका समयमा वनका कर्मचारीहरुले कागजपत्रमा हस्ताक्षर गर्न लगाएको तर मृतक धनिरामले नमानेको उनका आफन्तको भनाई छ । सो क्रममा धनिराम हिड्न खोजेको र वनका कर्मचारीहरुले पक्राउ गर्ने क्रममा हातपात गरेको आफन्तले दिएको जाहेरीमा बताइएको छ । पक्राउ गरी गाडीमा ल्याउँदै गर्दा समेत हातपात गरेको मृतकका आफन्तहरुले बताएका छन् ।

डिभिजन वन कार्यालय आएपछि बलिसरालाई वाहिर निकाली मृतक धनिरामलाई कोठाभित्र राखिन्छ । कार्यालयका कर्मचारीहरु कागजपत्र सहित थुना कोठामा पस्छन् । ‘एक बड्डा, ए बड्डा’ बोलिएको आवाज बाहिरसम्मै आउछ, जाहेरीमा उल्लेख छ । बाहिर रहेकी वलिसरालाई थुना भित्रको वातावरण बारे कुनै जानकारी नै छैन ।

सो लगत्तै कर्मचारीहरु बाहिर निस्कन्छन् । केहि समयमा प्रहरी त्यहाँ पुग्छ । प्रहरी आएको १५ मिनेटको समयपछि आफन्तले धनिरामको मृत्यु भएको खवर पाएको मृतकका छोरा उत्तम लामिछानेले जाहेरीमा उल्लेख गरेका छन् ।

यसका साथै पक्राउ पूर्जीबना पक्राउ गरी ल्याइएको, स्वास्थ्य परीक्षण समेत नगराई हिरासतमा राखिएको लगायत कर्मचारीमाथि आरोप छ । मृतक धनिरामको शव थुनाकक्षमा भुण्डिएको अवस्थामा फेला परेको थियो । डिभिजन वन कार्यालयका अनुसार मदन भण्डारी राजमार्गमा पर्ने जंगलमा नम्बरिङ गरिएको रुख काटेको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।

वन कार्यालयको हिरासतमा मृत्यु प्रकरण : कसुरदारलाई जन्मकैदको माग

बर्गर हाउसको देशभरी नै एउटै मेनु, एउटै

Leave a comment

Your email address will not be published. Required fields are marked *