बर्गर हाउसको देशभरी नै एउटै मेनु, एउटै टेष्ट, एउटै रेट

सृजना बुढाथाेकी/सुर्खेत
करिब दश महिनाअघि सुर्खेतमा बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनको फ्रेञ्चाइजी सञ्चालनमा आयो । झट्ट नाम बर्गर हाउस सुन्दा सहजै अनुमान लगाउन सकिन्छ कि बर्गर नै यहाँको विशेषता हो । कर्णाली प्रदेशको राजधानीका रुपमा रहेको वीरेन्द्रनगरमा पछिल्लो समय रेष्टुरेण्टहरुमा लगानी गर्नेको संख्यामा वृद्धि भइरहेको पाइन्छ ।
तर यति धेरै लगानीमा महिलाले व्यवसाय सञ्चालन गर्न आँट गर्ने व्यवसायी रञ्जु विसीले सम्भावना धेरै भएको बताउँछिन् । शुरुवातमा १० वर्षको योजना बनाएर व्यवसाय शुरुवात गरेकी उनले यसलाई दीर्घकालिन रुपमा सुर्खेतमा बर्गर हाउसको स्थान सुरक्षित गर्न आपूmले जस्तोसुकै चुनौति झेल्न सक्ने आँट राखेको बताउँछिन् ।
दैनिकजसो एक सयदेखि डेढ सयको हाराहारीमा बर्गर हाउसमा ग्राहकहरु आउने र दैनिक ९० हजारसम्मको कारोवार हुने उनले बताइन् । उनले अहिले २१ जनालाई रोजगारी पनि दिइरहेकी छिन् । सुर्खेतमा खुलेको बर्गर हाउस र नेपालका अरु जिल्लामा खुलेका बर्गर हाउसको मेनु अनि खाजाको स्वाद र दर रेटपनि एउटै हुन्छ ।

अन्य जिल्लाको बर्गर हाउसमा जस्तो स्वादमा डिसेज् पाइन्छ त्यहि स्वादमा सुर्खेतमा पनि पाइन्छ, किनकी बर्गर हाउसको क्वालिटीनै यहि हो । बर्गर हाउसको मुख्य सञ्चालकले एउटा जिल्लामा एउटा मात्रै फ्रेन्चाइजको लागि आधिकारिकता दिन्छ ।
सुर्खेतकी रञ्जु बी.सी यस बर्गर हाउसको सञ्चालक हुन । उनले करिब ३ करोडको लगानीमा यो व्यवसाय सञ्चालन गरेको बताइन् । १२ वर्ष देशको सेवामा सशस्त्र प्रहरी बलमा जागिरे जीवन बिताएकी रञ्जु ३ वर्षअघि जागिर छोडेर व्यवसायमा होमिन पुगिन् ।
उनले पहिला सर्सु भाँडा पसलबाट शुरु गरेको व्यवसायपछि सर्सु डेकोर हाउस हँुदै अहिले बर्गर हाउससहित ती वटा व्यवसाय धानिरहेकीछिन् । उनी भन्छिन्, ‘महिलालाई हरेक काम गर्न निकै चुनौति झेल्नुपर्छ तर मैले आँट गरेकी छु’ । महिलाले गर्न खोज्ने काममा कसैले पनि झट्ट विश्वास नगर्ने अनि खुट्टा तान्ने प्रवृतिले मनोवल गिराउँछ तर पनि आपूmले आफ्नो २ वटा छोरीहरुका लागि संघर्ष गरिरहेको उनले बताइन् ।
समस्या तथा चुनौति
बर्गर हाउस सञ्चालन गर्दै गर्दा लगाकर्ताको हिसाबले भन्दा पनि महिलाले सञ्चालन गरेको व्यवसायको हिसाबले निकै चुनौति झेल्नु परेको उनले दुःखेसो पोखिन् । ग्राहक भनेको व्यवसायीका लागि भगवान हो स्वागत गर्नु पर्छ । ‘सबै ग्राहक एउटै सोचाई अनि विचार भएको नहुँदा सास्ती हुन्छ’, उनले भनिन्,‘कोहि त अलि बढि अल्कोहल लिएपछि तोडफोडमा उत्रिने, महिला वेटरलाई हातपात र दुव्र्यवहार गर्न खोज्नेपनि हुन्छन ।
होटलको लगानीकर्ता भएका कारण सुरक्षा र सहजताका लागि आपूm रेष्टुरेण्टमै समय बिताउने भएकाले असमभदारीहरु मैले मिलाई रहेको उनले बताइन । यस्ता खाल्का समस्याले पनि महिलाहरुलाई अघि बढ्नबाट अवरोध गर्ने उनको भनाई छ ।
समस्याका हिसाबले हेर्दा रेष्टुरेण्ट व्यवसायबाट दैनिक रुपमा निष्कने फोहोरमैलाको व्यवस्थापनमा निकै समस्या भएको उनले बताइन् । दैनिक रुपमा ट्रयाक्टरलाई तीन÷चार हजार तिरेर फोहोर फाल्न लगाउनुपर्छ, यरिचोक यरियामा नालाको मुख्य समस्या छ ।
व्यवसाय गर्दैगर्दा प्रतिष्पर्धा त हुन्छ नै तर सबै व्यवसायी मिलेर समस्या, चुनौती, समाधानका उपाय खोज्न छोडेर उल्टै खुट्टा तान्न खोज्ने प्रवृतिले अलि समस्या बनाएको उनले बताइन् । बर्गर हाउसले निकट भविष्यमै विभिन्न पार्टी गर्न, कार्यक्रमहरु संचालन गर्नका लागि हल समेत बनाउन लागेको उनले सुनाईन । यो संगै टपमा टप रुफ बनाएर अझै आकर्षक बनाउने योजना लिदै काम शुरुवात गरेको छ ।

बर्गर हाउस स्पेशल
बर्गरः बर्गर हाउसमा विशेष गरी बर्गरनै स्पेशल बन्छ । बर्गर बनाउनका लागी किमा, अण्डा, टमाटो, मैदा, चिज, काँक्रा, बन्दा, ल्याटिज, मेनीज अनि मसला आइटम राखेर बनाउन सकिन्छ । सिएफसीः बर्गर हाउसको अर्को मुख्य परिकार हो सिएफसी ।
यसलाई बनाउन मैदा, हट एण्ड स्पाइसी, चिकेन (लेग पिस), क्रन्ची मसला संगै आवश्यक मसलाहरु राखेर मोल्ने अनि पहेलो कलर आउदा सम्म तेलमा फ्राई गर्ने अनि तयार पार्न सकिन्छ । यो संगै बर्गर हाउसमा केएफसी, सिएफसी, पिज्जा, मःम, चाउमीन, मटन तथा चिकेन सेकुवा आइटम, अल्कोहल, हट एण्ड कोल्ड ड्रिक्स, कफि पाइन्छ ।
के फरक छ बर्गर हाउसमा
अरु रेष्टुरेण्टको तुलनामा बर्गर हाउसमा नर्मल रेटमा खाजा पाउँछ । किनकी यसको दर रेटदेखि मेनुसम्म मुख्य शाखा काठमाडौंबाटै बनेर आउँछ त्यसमा तलमाथि गर्न मिल्दैन । केएफसी, पिज्जा, मःम, चाउमीन, मटन तथा चिकेन सेकुवा हट एण्ड कोल्ड ड्रिक्स, कफि पाइन्छ ।
सञ्चालक रञ्जुको ग्राहकलाई यस्तो अनुरोध छ, बाहिरबाट हेरेर महंगो होला भन्ने सोचले नआउनु भएको हो भने यो गलत हो । यहाँ नर्मल खाजाघरको जस्तै रेट छ किनकी हामीले यसको दररेट तयार गर्न मिल्दैन । काठमाडौंमा बर्गर हाउस भनेको सस्तो हुन्छ भन्ने थाहा भैसक्यो तर सुर्खेतमा यसलाई बुझाउन अझै नसकिएको हो । तर बर्गर हाउस एउटा जिल्लामा एउटा मात्रै सन्चालन गर्न पाउने भएकाले यसको भविष्य निकै राम्रो भएको उनको भनाई छ ।

सेफ लाइफमै मेरो भविष्य छः सुनिल
सुर्खेतको मसुरीखेतका सुनिल थापा १९ वर्षको उमेरमा परिवारको खर्चको जोह गर्न भारत पसे । भारतमा गएर नेपालीले सुरुमा गर्ने कामनै होटलमा पोछा लाउने अनि भाडा धुने र टेबुल सफाई गर्ने हो । तर मेहेनत र इमान्दारिताले मानिसलाई सफल बनाउँछ भनेझै सुनिलले कर्मभूमि बनाएका भारतको मुम्बईमा एक वर्षमै सेफको काम सिक्ने मौका पाए र सहि सदुपयोग गरे ।
अनि उनले त्यहाँ सेफकाम सिकेर ३ वर्ष बिताए । त्यसपछि उनी अधि धेरै पैसा कमाउने सोचमा पञ्जाब गए र त्यहाँ पनि उनले सेफ काम गरेरै ६ वर्ष विताए । त्यसपछि उनी गुजरात आए र त्यहाँ पनि ३ वर्ष बसे अनि काम सिकेर नेपाल फर्किए ।
बाहिर गएर काम सिकेर नेपालमै केहि गर्छु भनेर उनि आफ्नै घर फर्किए र बर्गर हाउस सञ्चालनमा आएदेखि उनी यहाँ सेफ भएर बसेका छन् । उनले हरेक किसिमका आइटम बनाउँछन् तर उनको काम बिशेष गरि बर्गर, पिज्जा, सिएफसी बनाउने अनि आपूmजस्ता अरुको कामलाई निगरानी गर्ने काम उनको हो । उनले सेकुवाको आइटम पनि मीठो बनाउँछन् ।







