यातायातमा मनोमानि भाडा अशुली, अनेरास्ववियुको ध्यानाकर्षण

केवि थापा
हुम्ला, ६ चैत्र ।
जिल्ला प्रशासन कार्यालय हुम्लाले निर्धारण गरेको गाडी भाडा कार्यान्वयनमा नआएको भन्दै स्थानीयले गुनासो गरेका छन् । केही दिन अघि मात्रै प्रमुख जिल्ला अधिकारी सीता परियारको संयोजकत्वमा बसेको बैठकले जिल्लाका छोटा तथा लामो दुरीका रुटहरूमा सञ्चालन हुँदै आएका सार्वजनिक सवारी साधनहरूले जिल्ला प्रशासन कार्यालयले तोकेको गाडी भाडा निर्धारणको विपरीत गर्दै आएका छन् ।

जिल्लामा सञ्चालन रहेका गाडीहरुका लागि यातायात व्यवस्था कार्यालय सुर्खेतले निर्देशन दिए अनुसार हुम्लामा गाडी भाडा निर्धारण गरेको थियो । तर जिल्लामा यसको कार्यान्वयन हुन नसकेपछि आइतबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन संगठन (अनेरास्ववियु) हुम्लाले जिल्ला प्रशासन कार्यालय हुम्लाको ध्यानार्कषण गरेको छ ।

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु हुम्लाले जिल्लाका छोटो तथा लामो दुरीका सडकमा सञ्चालन हुँदै आएको गाडीको भाडा निर्धारणमा कार्यान्वयन नभएको भन्दै जिल्ला प्रशासन कार्यालय हुम्लाको ध्यानार्कषण गरेको हो ।

केही दिन अघि मात्रै जिल्ला प्रशासन कार्यालय हुम्लाले आयोजना गरेको बैठकबाट जिल्लाका विभिन्न रुटहरुमा भाडा निर्धारण गरेको भएपनि यहाँको यातायात व्यवसायीले निर्धारण गरेको भाडालाई कार्यान्वयनमा नल्याएपछि स्थानीय सर्वसाधारण थप मारमा परेको भन्दै अनेरास्ववियु हुम्लाका उपाध्यक्ष छक्क बहादुर लामाको नेतृत्वमा भाडा निर्धारणको पुनः कार्यान्वयन हुनुपर्नेमा माग गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, यातायात व्यवस्था, नागरिक समाज, जनप्रतिनिधि र सञ्चारकर्मीहरुको संयुक्त रुपमा बसेको बैठकबाट गाडी भाडा निर्धारण गरेको भए पनि यँहाका गाडीधनी तथा चालकहरुले आफ्नो मनोमानित ढङ्गले भाडा असुल्ने गरेको उपाध्यक्ष लामाको भनाई रहेको छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लाको नियमलाई अवेज्ञा गर्दै भाडालाई मंहंगो तिर्नु पर्दा जिल्लाका स्थानीय नागरिक तथा विद्यार्थीहरु प्रत्येक्ष मर्कामा पर्दै आएका छन् । सो नियमलाई पुनः कार्यान्वयन गर्नका लागि प्रशासनको मुख्य भूमिका रहेको भन्दै सो संगठनले जिल्ला प्रशासन कार्यालय हुम्लामार्फत यातायात व्यवस्था कार्यालय सुर्खेतलाई समेत ध्यानार्कषण गरेको हो ।

यसअघि मात्रै हुम्लाको दक्षिण क्षेत्रका लागि एक किलोमिटरको आठ र सदरमुकाम आसपासका रुटका लागि १० रुपैयाँ भाडा निर्धारण गरेको थियो ।

उक्त संगठनको विज्ञप्ती बुझ्दै प्रमुख जिल्ला अधिकारी सीता परियारले तत्काल सुरक्षा निकायलाई जानकारी गराई यस अघिको बैठकबाटै निर्धारण गरेको भाडालाई कार्यान्वयनमा ल्याउन निर्देशन दिने र गाडीधनी तथा चालकहरुले यसको कार्यान्वयन नगरेमा कारवाहीसमेत हुन सक्ने जानकारी दिइन् । हालसम्म हुम्लामा रुट प्रमिट विनानै गाडी सञ्चालनमा आएका छन् ।

यातायातमा मनोमानि भाडा अशुली, अनेरास्ववियुको ध्यानाकर्षण

शिक्षकलाई राजनितिमा नलाग्न अनेरास्वबियुको चेतावनी

यातायातमा मनोमानि भाडा अशुली, अनेरास्ववियुको ध्यानाकर्षण

रूखको हाँगा लागेर बालिकाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *