शिक्षकलाई राजनितिमा नलाग्न अनेरास्वबियुको चेतावनी

मोहन सिंह
जाजरकोट, ६ चैत्र ।
अनेरास्वबियु जाजरकोटले शिक्षकलाई राजनितीमा नलाग्न चेतावनी दिएको छ । गैरजिम्मेवार तरिकाले बिद्यालयमा उपस्थित नभई राजनितिक फिल्डमा जाँदा साना बाबुनानीको भबिष्यमा खेलबाड हुने भन्दै राजिनामा दिएर फिल्डमा आउन सचेत गराएको छ ।
आइतबार बिहान ११ बजे प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा बिकास समन्वय इकाइलाई ध्यानाकर्षण पत्र बुझाएको छ । अनेरास्वबियु जाजरकोटका अध्यक्ष बिबश भारतीको नेतृत्वमा बिहान ११ बजे प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुगि ध्यानाकर्षण पत्र बुझाएको हो ।
जाजरकोटको शिक्षा क्षेत्रमा देखिएको लापरबाहीले अनेरास्वबियु जिल्ला कमिटी जाजरकोटको ध्यानाकर्षण भएको जनाइएको छ । जिल्लाका शिक्षकहरु शिक्षा क्षेत्र जस्तो पबित्र पेशालाई ब्यवास्था गर्दै विभिन्न पार्टीका झण्डा बोकेर बाहिर बाहिर हल्लिने र आगामी निर्वाचनमा आफ्नो उम्मेदवारी दाबी घोषणा र प्रचार गर्दै हिडि रहेको कहलिलाग्दो कार्यले हामी गम्भीर भएका छौं ।
‘उज्वल भबिष्य बोकेका बिद्यार्थीहरुको सुलौलो शिक्षा प्रदान गर्ने शिक्षकनै उक्त पेशालाई कुल्चेर कलिला नानी बाबुको भबिष्यलाई खेलबाड गर्न मिल्छ कि मिल्दैन ? हामी यसको सशक्त खबरदारी गर्दछौं’ भन्दै प्रमुख जिल्ला अधिकारीलाई बिज्ञप्ति बुझाएको छ ।
हाम्रा यी मागहरुलाई एक हप्ता भित्र पुरा नभए हामी आन्दोलनको आँधिभेरी सिर्जना गर्ने कुरा यसै बिज्ञप्तीमार्फत जानकारी गराउँदै जाजरकोटका सात वटै स्थानीय शिक्षा तथा खेलकुत शाखामा ध्यानाकर्षण पत्र बुझाएको जानकारी संगठनका जिल्ला अध्यक्ष बिबश भारतीले जानकारी दिनुभएको छ ।






