एमाले बारेकोटको चुनावी अभियान सुरु

मोहन सिंह
जाजरकोट, ६ चैत्र ।
नेकपा एमाले बारेकोटले आइतबारदेखि चुनाव केन्द्रित अभियान शुरु गरेको छ । नेकपा एमाले बारेकोटले आउँदो स्थानीय तह निर्बाचनलाई लक्षित गरी अभियान शुरु गरेको हो ।

“आफ्नो घर आफ्नो गाउँ एमालेमय बनाऊ, आउदो स्थानिय तहको निर्बाचनमा नेकपा एमालेलाई जिताउ’’ भन्ने नाराकासाथ पार्टीले चुनाव केन्द्रीत वडा अभियान शुरु गरेको बारेकोट गाउँ कमिटीका अध्यक्ष भक्तबहादुर बस्नेतले बताए ।

चैत्र ६ गते वडा नं. १ बाट शुरु भएको अभियान १४ गते वडा नं. ९ सम्पन्न गरिने छ । अभियानमा नेकपा एमालेका जाजरकोटका सचिव बिरबहादुर गिरी, बारेकोट अध्यक्ष भक्तबहादुर बस्नेत, नेता बिष्णु कुमार पुनको नेतृत्वमा एक टोली परिचालन हुने नेकपा एमाले बारेकोटका सचिव कबिराज पुनले जानकारी दिए ।

अभियानबाट वडा वडाको राजनितिक अबस्था र सम्भावित वडा उम्मेदवारहरुको पहिचान गर्नुका साथै चुनावमा जनपरिचालन गर्ने तरिकाको निचोड निकालिने छ । चुनावको समय नजिकिँदै गर्दा नेकपा एमाले बारेकोटले चुनाबी अभियान तिब्र बनाएको छ ।

अहिले बारेकोटका सबै जिल्ला कमिटी सदस्य, पालिका कमिटी सदस्य र वडा कमिटी सदस्यहरुलाइ आ–आफ्नो भुगोलमा परिचालन गरिएको छ । पहिलो चरणको अभियानको समापन नेकपा एमालेका केन्द्रीय सदस्य डम्बरबहादुर सिंहको प्रमुख आथित्यतामा गर्नेछ । त्यसपछि दास्रो चरणको कार्यक्रम तय गरिने नेकपा एमालेले बारेकोटले जनाएको छ ।

एमाले बारेकोटको चुनावी अभियान सुरु

कुमाख नेटामा क्षमता अभिवृद्धि तालिम

एमाले बारेकोटको चुनावी अभियान सुरु

शिक्षकलाई राजनितिमा नलाग्न अनेरास्वबियुको चेतावनी

Leave a comment

Your email address will not be published. Required fields are marked *