बसन्त कुमार शर्मा
कुमाख (सल्यान), ६ चैत्र ।
सल्यान कुमाख गाउँपालिका वडा नं. २ को केन्द्र बिन्दु नेटाबजारमा रहेको आधारभुत स्वास्थ चौकीमा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
निरपेक्ष न्यूट्रोफिल काउन्ट (एएनसी) र उच्च गुणस्तरको प्रसवोत्तर हेरचाह पिएनसी मानक जाँचहरुका बारेमा क्षमता विकास तालिम दिईएको छ ।
कुमाख गाउँपालिका स्वास्थ शाखा प्रमुखको मान सिङ्ग ओलीले निरपेक्ष न्यूट्रोफिल काउन्ट रगतमा उपस्थित न्युट्रोफिल ग्रानुलोसाइट्स न्युट्रोफिल एक प्रकारको सेतो रक्त कोशिका हो । जसले संक्रमण विरुद्ध लड्छ ।
एएनसीले महिला र उनीहरूका परिवारलाई स्वस्थ गर्भावस्था, सुरक्षित प्रसव र प्रसबपछिको रिकभरीको लागि उपयुक्त जानकारी र सल्लाह पनि प्रदान गर्दछ । जसमा नवजात शिशुको हेरचाह, प्रारम्भिक, विशेष स्तनपानको प्रवद्र्धन र गर्भावस्थाको नतिजा सुधार गर्न भविष्यको गर्भधारणको बारेमा निर्णय गर्न मद्दत गर्दछ भनेकुरा जानकारी दिनुभयो ।
अर्को अतिथि कुमाख गाउँपालिका सुआहारा सहजकर्ता शर्मिला ओलीले गर्भवती आमा र नवजात शिशुको मृत्यु दर कम गर्न पौष्टिक तत्व र पोषण आहारसम्बन्धि रोग सङ्ग लड्ने क्षमता वृद्धि गर्न फलफूल सागपात र भिटामिन युक्त खानेकुरा खानु पर्ने र गाउँपालिका भित्र रहेका ७ वटा वडा ७ बिधिको प्रयोग गरी कार्यक्रम सप्पन्न गरिएको बताउनुभयो ।
त्यस्तै कार्यक्रमको संचालन अधारभुत स्वास्थ चौकी प्रमुख सन्जय गोसाइँ ले गर्नु भएको छ साथै उच्च गुणस्तरको प्रसवोत्तर हेरचाह पिएनसी मानक जाँचहरू गरेर, आमाहरूलाई खतराका लक्षणहरू बारे चेतना जगाउने, तत्काल चिकित्सा हस्तक्षेपहरू उपलब्ध गराएर र आपतकालीन प्रसूति हेरचाहका लागि रेफरल मार्गहरू सुदृढ गरेर त्यस्ता मृत्युहरूलाई कम गर्न महत्वपूर्ण भुमिका रहने कुरा बताउनुभयो ।
उक्त अभिमुखी कार्यक्रम दिदिबहिनी स्वास्थ स्वयंसेबिका राजनैतिक दलका प्रतिनिधि सहभागी भएको थियोे । कुमाख गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष शेर बहादुर रावतको अध्यक्षता सुरुभएको कार्यक्रममा महिलाको प्रजनन स्वास्थ अवस्था सम्बन्धि हामीले घरमा खानेकुरा र सरसफाईमा ध्यान दिनुपर्ने बताउनुभयो ।



