रूखको हाँगा लागेर बालिकाको मृत्यु

सुर्खेत, ६ चैत्र ।
सुर्खेत वीरेन्द्रनगरमा रुख काट्दै गर्दा हाँगा खसेर लाग्दा आइतबार एक बालिकाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगपालिका–१ मा रहेको कृष्ण सामुदायिक वन उपभोक्ता समूहमा रुख काट्ने क्रममा रुखको हाँगा खसेर लाग्दा बालिकाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार वीरेन्द्रनगर नगपालिका–१ की ११ वर्षीय सुन्तली हाराकोटीको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।
प्रहरीका अनुसार रूख काट्दै गर्दा हाँगा खसेर उनको शरिरमा लागेर घाइते भएपछि उपचारको लागि प्रदेश अस्पताल कालागाउँमा लगिएको थियो । उक्त विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।







