जन्ती बाेकेको जिप दुर्घटना

दुर्गा विसि
सल्यान, ५ असार ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं ४ स्थित मुरेलखोलाबाट डोप्केतर्फ जाँदै गरेको भे १ ज १०२१ नम्बरको जिप पल्टिएको छ । जिप देउलि नजिकै वेलुकि साढे ८ वजेको समयमा अनियन्त्रित भैइ सडकमा पल्टिएको जिपमा सवार यात्रुको भनाइ रहेको छ । बनगाड कुपिण्डे वडा ४ निवासी वर्ष ३२ का मोतिलाल वुढाको मृत्यु भएको छ ।

सोहि स्थानका वर्ष ५७ का मने वुढा,६९ का सहदेव वुढा,वर्ष ५० का चित्रवहादुर वुढा,वर्ष १० कि हरिमाया वुढा र वर्ष १५ का गोपाल वुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जिप चालक उदय वुढा भने फरार रहेको जनाएको छ । घाइते सबैलाई उपचारका लागि नेपालगञ्ज पठाएको छ ।






