कुमारी बैंक र गोरेटो रेष्टुरेण्टबीच सम्झौता

सुर्खेत, २ भदौं ।
कुमारी बैंक लिमिटेड र कर्णाली प्रदेश वीरेन्द्रनगर नगरपालिका–०६ सुर्खेत स्थित गोरेटो फेमिली रेस्ट्रो एण्ड म्युजीक बार बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पश्चात् कुमारी बैंकका ग्राहकहरुले उक्त गोरेटो फेमिली रेस्ट्रो एण्ड म्युजीक बारले प्रदान गर्ने सेवामा कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड वा मोबाईल बैंकिङबाट भुक्तानी गर्दा फुड र वेभरेज सेवामा १०% सम्म छुट पाउने छन ।

यस किसिमको सहकार्यवाट बैंकका ग्राहकहरु लाभान्वित हुने बिश्वास बैंकले लिएको छ । बैंकले हालसम्म कार्ड नभएका आफना ग्राहकलाई तत्कालै नया कार्ड उपलब्ध गराउन इन्स्टयान्ट कार्डको समेत व्यवस्था समेत गरेको छ ।

कुमारी बैंकले देशैभरि फैलिएका आफना १९७ वटा शाखा, २४ वटा एक्सटेन्सन काउन्टर, ४६ वटा शाखारहित इकाई र १८४ वटा एटिएम बाट ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । आगामी दिनमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पुर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने जनाएको छ ।

कुमारी बैंक र गोरेटो रेष्टुरेण्टबीच सम्झौता

जग्गा नापजाँच गर्ने अमिनले चलाएको चाउमिन उद्योग

कुमारी बैंक र गोरेटो रेष्टुरेण्टबीच सम्झौता

लागूपदार्थ दुर्व्यसन र कारोवारमा महिलाको संख्या बढ्दो

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!