लागूपदार्थ दुर्व्यसन र कारोवारमा महिलाको संख्या बढ्दो

सिर्जना बुढाथोकी
सुर्खेत, २ भदौं ।
पछिल्लो समय सुर्खेतमा लागूऔषध सेवन तथा ओसारपसारका घटनामा महिलाको संख्या र सहभागिता बढेसंगै पक्राउ पर्ने महिलाहरुको संख्यामा पनि बढ्दै गएको पाइएको छ । सुर्खेतमा हुने लागूऔषधको कारोबारको घटना पहिलेको तुलनामा २० प्रतिशत बढेसंगै यसको प्रयोग तथा कारोवारमा महिलाहरुको संख्यापनि बढेकोे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

चालू आर्थिक वर्षको पहिलो एक महिनामा मात्रै लागूपदार्थ ब्राउनसुगरसहित सुर्खेतको वीरेन्द्रनगरबाट १५ जना पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पक्राउ पर्नेमध्य ४ जना महिला र ११ जना पुरुष रहेका छन भने पक्राउ परेका १५ जनाबाट ५२ दशमलव ५ सय २० मिली ग्राम ब्राउन सुगर पनि बरामद भएको प्रहरीले बताएको छ ।

कर्णाली प्रदेश प्रहरी लागूऔषध ब्युरो शाखा, जिल्ला प्रहरी र नगर प्रहरी सुर्खेतबाट खटिई गएको संयुक्त प्रहरीले टोलीले गत आइतबार एकै दिन ब्राउनसुगरसहित वीरेन्द्रनगरबाट एकजोडी दम्पतिसहित ४ जना पक्राउ गर्यो ।

वीरेन्द्रनगर–४ को समावेशी टोलबाट ३७ वर्षीय लल्लु भनिने किरण गिरी र उनकी २६ वर्षीया श्रीमती सरला शाहीलाई पक्राउ ४७ ग्राम छ सय २० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीको दाबी छ । विशेष सूचनाको आधारमा त्यहाँ पुगेको प्रहरीले चेक गर्दा घरको कोठाका विभिन्न ठाउँमा लुकाइछिपाइ राखेको अवस्थामा ब्राउन सुगरजस्तो देखिने वस्तु फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले उनीहरुबाट लागूऔषधसहित २६ हजार तीन सय रुपैयाँ पनि बरामद भएको बताए । अहिले दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका डीएसपी कार्कीले जानकारी दिए ।

संयुक्त प्रहरी टोलीले आइतबार नै वीरेन्द्रनगर–९ घिमिरे डाँडास्थित मनिषा घिमिरेको घरबाट सात पुरिया लागूऔषधसहित वीरेन्द्रनगर–६ का ३१ वर्षीय भीमबहादुर रोकाया र ९ बस्ने २५ वर्षीया जीवनकली थापा घिमिरेलाई पनि सोहि अभियोगमा पक्राउ गर्यो । यसैगरी, गत आर्थिक वर्षमा लागूऔषधको कारोबार तथा सेवन गरेको आरोपमा ६९ थान मुद्दा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दर्ता भएपनि १ सय २३ जना पक्राउ परेका छन ।

अघिल्लो आर्थिक वर्षमा यस्तो अभियोगमा पक्राउ पर्नेमा महिला ९ जना, पुरुष एक सय १३ जना र एक जना नाबालक समेत गरहेको डीएसपी सुरज कार्कीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका उनले भने, सुर्खेत जिल्लामा पक्राउ परेको यो अहिलेसम्मकै सबैभन्दा धेरै हो’ । उनका अनुसार वीरेन्द्रनगर लागूऔषध कारोबारी र प्रयोकर्ताको अखडा बन्दै गइरहेको छ ।

अघिल्लो वर्ष पक्राउ परेकाहरुको साथबाट ७ ग्राम १ सय ४० मिली ग्राम ब्राउन सुगर, १ सय ४८ दशमलव ६८ मिली ग्राम चरेश, २ सय ५३ ग्राम ९ सय ३० मिली ग्राम गाँजा, १ हजार २ सय १९ थान स्लिपिंग ट्याब्लेट बरामद भएको छ ।

खुला सीमाना, बढ्दो जनघनत्व र चेकजाँचमा कडाइ नहुँदा वीरेन्द्रनगरलाई कारोबारीले अखडा बनाएको देखिन्छ । कारोबारी र प्रयोगकर्ताको मुख्य अखडा वीरेन्द्रनगरको बजार क्षेत्रभित्रै रहेको प्रहरी बताउँछ ।

‘ओसारपसार गर्नेमध्ये धेरैजसो सुब्बाकुनाबाट पक्राउ पर्छन्, तर प्रयोगकर्ताको अखडा बजार क्षेत्र हो’, डिएसपी कार्कीले भने, ‘पछिल्लो समय बजार क्षेत्रबाटै कारोबारी र प्रयोगकर्ता भेटिन थालेका छन्।’

प्रहरीका अनुसार २० वर्षमुनीका युवायुवती नै कारोबार र दुव्र्यसनमा बढी संलग्न छन् । डीएसपी कार्की भन्छन्, ‘दुव्र्यसन रोक्न प्रहरी सक्रिय छ, तर पनि प्रयास पर्याप्त छैन । परिवारको माया हेरचाहको कमिले युवायुवती कुलतमा फस्ने गरेका छन्, विपन्न युवानै ओसारपसारमा लागेको पाइन्छ ।’ सुर्खेत कारागारमापनि अहिले लागूपदार्थ सम्बन्धि मुद्दाका थुनुवा र कैदीबन्दीहरुमा पुरुष ८३ र महिला १२ जना रहेका छन् ।

गाँजा, चरेश र नाइट्रोभेट हुँदै ब्राउन सुगरसम्मको प्रयोग र कारोवारमा संलग्न महिला र पुरुष गरी ९५ जना अहिले सुर्खेत कारागारमा जेल जीबन बिताइरहेका छन् । खुला सिमानाका कारण भारतबाट नेपालगन्ज नाका हुँदै सुर्खेत ल्याउने ठूलै गिरोह सक्रिय रहेको प्रहरी बताउँछ । सुर्खेतबाट बाहिर लैजाने अर्काे समूह सक्रिय भएपनि अधिकांश सुर्खेतमै खपत हुने गरेको प्रहरीको अनुमान छ । डिएसपी कार्कीले भने, ‘पहिलाजस्तो चोकचोकमा हुने कारोबार र प्रयोग अहिले कम भएको छ, हामी यसविरुद्ध अझै सशक्त अभियान थाल्नेछौं ।’

लागूपदार्थ विरुद्धको अभियानमा लागेकी शर्मिला बी.सीले महिलाहरु ललाईफकाई गरे जे भनेपनि नाइ भन्न नसक्ने, सजिलै फस्ने र प्रहरीले पनि धेरै शंका नगर्ने भएकाले संलग्न हुन पुगेको जिकिर गरिन । धेरैजसो पढ्नका लागि गाँउबाट आएका कलिला युवतीहरु आप्mना आवश्यकता पूरा गर्नका लागि सजिलै पैसा कमाउन र कतिपय देखासिकीले गर्दापनि लागूपदार्थको सेवन र बिक्रिमा संलग्न भएको आपूmले पाएको उनले उल्लेख गरिन ।

लागूपदार्थ दुर्व्यसन र कारोवारमा महिलाको संख्या बढ्दो

कुमारी बैंक र गोरेटो रेष्टुरेण्टबीच सम्झौता

लागूपदार्थ दुर्व्यसन र कारोवारमा महिलाको संख्या बढ्दो

YUGAAWHAN NATIONAL DAILY (2079-05-02)

Leave a comment

Your email address will not be published. Required fields are marked *