२०८३ आश्विन १७ गते
×

Now Playing

छिन्चुमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

दिलिप ढकाल
सुर्खेत,१ असोज ।

भेरिगंगा नगरपालिका वडा नम्बर १२ मा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सामाजिक कार्यमा अग्रसर रहेको भेरिगंगा नगरपालिका वडा नम्बर १२ मा संचालित सी टु फिटनेस हाउसका मेम्बरको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र सुर्खेत को प्राबिधिक सहयोगमा रक्त संचार कार्यक्रम सम्पन्न्न भएको हो।

छिन्चु बजारको भेरिगंगा डेन्टल क्लिनिक अगाडी बिहान करिब ११ बजे देखि सुरु भएको रक्त दान कार्यक्रम दिउसो करिब ४ बजे सम्म संचालन भएको थियो।

रक्तदान कार्यक्रममा ३१ पोईन्ट रगत जम्मा भएको र ३१ जनाले नै रक्तदान गरेका थिए। कार्यक्रम सफल बनाउन रक्तदान गरि सहयोग गर्ने सबै लाई सी टु फिटनेस हाउस परिवारले हार्दिक धन्यबाद ब्यक्त गरेको छ।

छिन्चुमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

कर्णालीमा शारिरीक अपाङ्ग बालबालिका सात हजारभन्दा बढि

छिन्चुमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

उपचारमा पत्रकारलाई ५० प्रतिशत छुट

Leave a comment

Your email address will not be published. Required fields are marked *