जस्मिन पेन्ट्सको उपहार एक लाख हस्तान्तरण

सुर्खेत, १ पौष ।

जस्मिन पेन्ट्स प्रा.लि. भरतपुर–४, चितवनले ग्राहक योजना अन्तर्गत असोज महिनाको लक्की ड्र मार्फत एक लाखको उपहार हस्तान्तरण गरिएको छ । सुर्खेत वीरेन्द्रनगरमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी चेक हस्तान्तरण गरिएको थियो ।

लक्की ड्र मार्फत कुपन नम्बर ७१७५ का एक लाख उपहार विजेता वीरेन्द्रनगर निवासी मदन आलेलाई चेक हस्तान्तरण गरिएको हो ।

सुर्खेत हार्डवयर समितिका अध्यक्ष दिनेश ढकाल, पूर्व अध्यक्ष योगेश खत्री, जस्मिन पेन्ट्सका कन्ट्री म्यानेजर डिल्लीराम पौडेल, जगदम्बा प्लाष्ट्रिकका म्यानेजिङ डाइरेक्टर आकाश शर्मा, जस्मिन पेन्ट्सका डाइरेक्टर मदुसुधन अर्यालको उपस्थितिमा सुर्खेतका ४० जनाभन्दा बढी हार्डवयर व्यवसायीहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरुबाट पुरस्कृत भैरहेको जस्मिन पेन्ट्सले ग्राहकहरुका लागि “बर्षभरी हर्ष, प्रत्येक महिना लखपति उपहार त कति कति” भन्ने योजना सार्वजनिक गरेको छ ।

उपहार योजना अन्तर्गत न्यूनतम ७५ हजारदेखि १ लाख ५० हजार भन्दा माथीको जस्मिन पेन्ट्सका उत्पादनहरु खरिद गर्ने ग्राहकहरु मध्येबाट लक्की ड्र मार्फत एक जनालाई नगद १ लाख, एक जनालाई स्मार्ट मोवाईल सेट, १० जनालाई इलेक्ट्रिक राइस कुकर र १०० जनालाई आकर्षक भित्त घडी उपहार वितरण गरिँदै आएको छ ।

जस्मिन पेन्ट्सको उपहार एक लाख हस्तान्तरण

पोखराबाट २७ लाख बराबरको सुन चोरी आरोपमा

जस्मिन पेन्ट्सको उपहार एक लाख हस्तान्तरण

सुर्खेतमा एमआरआई मेसिन खरिदमा अनियमितता

Leave a comment

Your email address will not be published. Required fields are marked *