समाजवादी नगर इन्चार्ज पौडेल र काँग्रेसका ओली, देवकोटा एमाले प्रवेश

दिलिप ढकाल
गुर्भाकोट, १ चैत्र ।
भेरीगंगा नगरपालिकाको मुख्य व्यापारिक केन्द्र छिन्चु बजारमा राजनितिक उथलपुथल भएको छ । भेरीगंगामै प्रभावशाली मानिएका छिन्चु बजारका केही व्यवसायीहरु नेकपा एमालेमा प्रवेश गरेपछि राजनीतिक धु्रविकरण सशक्त बनेको हो ।

लामो समय नेकपा एमालेको नगर कमिटी अध्यक्ष रहेका छिन्चु बजारका व्यवसायी लालमणी पौडेल पुनः नेकपा एमालेमा फर्किनुभएको छ । पार्टी विभाजनपछि एकीकृत समाजवादीको जिल्ला कमिटी सदस्य, नगर इन्चार्जको भूमिका निर्वाह गर्दै आउनुभएका पौडेल एकाएक एमालेमा फर्किनुभएको हो ।

संधै नेपाली काँग्रेसको प्रभावमा रहने छिन्चुबजारमा यस पटक फरक परिदृश्य देखिने संकेत गरेको छ । लामो समयदेखि नेपाली काँग्रेसप्रति आस्था राख्ने छिन्चु बजारस्थित माछापुच्छ्रे होटलका सञ्चालक इआर सुभास देवकोटा र युवा देवराज ओलीले समेत नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

पार्टी विभाजनले थलिएको एमाले छिन्चु बजारमा पुरानै अवस्थामा फर्किदैे अनेपेक्षाकृत सुधार भएको धेरैले अनुमान लगाउन थालेका छन् ।  उक्त कार्यक्रममा जुझारु, बौद्धिक र बैचारी युवा देवराज ओली र हाम्रो माछापुच्छ्रे होटेल प्रोपराईटर इआर सुभाष देवकोटा दुबै जना नेपाली काँग्र्रेस पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नु भएको थियो ।

साथै उक्त कार्यक्रममा नेकपा एकीकृत समाजबादी भेरीगंगा नगर कमिटी ईन्चार्ज लालमणि पौडेल एकीकृत समाजवादी परित्याग गरी नेकपा एमाले प्रवेश गर्नुभएको छ । नव प्रवेशीहरुलाई नेकपा एमाले जिल्ला कमिटी सुर्खेतका अध्यक्ष अमृत बहादुर विसीले टीका, माला लगाएर प्रवेश गराउनुभएको थियो ।

नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघको भेरीगंगा नगर कमिटी गठन भएको छ । नेकपा एमाले भेरीगंगा नगर कमिटीका अध्यक्ष मान बहादुर ओलीको अध्यक्षतामा सम्मन्न भेलाले १९ सदस्यीय अखिल नेपाल किसान महासंघको भेरीगंगा नगर कमिटी गठन भएको हो ।

ने.क.पा(एमाले) को सुर्खेत जिल्ला कमिटी अध्यक्ष अमृत बहादुर बिसीको प्रमुख अथितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । भेलाले अखिल नेपाल किसान महासंघको भेरीगंगा नगर कमिटी गठन गरेकाे छ । किसान महासंघको नगर कमिटीको उपाध्यक्षमा झुपलाल सार्की र सदस्य पदमा डिलबहादुर खत्री चयन हुनुभएको छ ।

समाजवादी नगर इन्चार्ज पौडेल र काँग्रेसका ओली, देवकोटा एमाले प्रवेश

शिवालयमा गर्भवतीको ज्यान गयो

समाजवादी नगर इन्चार्ज पौडेल र काँग्रेसका ओली, देवकोटा एमाले प्रवेश

एमाले रुकुमपूर्वको अध्यक्षमा ओली

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!