रँगाइँदै प्रदेश सभा भवन

सुर्खेत,२८ मंसिर  ।

कर्णाली प्रदेश सभा भवनको रङरोगन, सरसफाइ, बगैँचाको सौन्दर्यीकरण काम सुरु भएको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो कार्यकालका लागि प्रदेश सभा सदस्य निर्वाचित भइसकेका छन्र । केही समयपछि नै प्रदेश सभा सञ्चालन हुने भएकाले सरसफाइ र रङरोगनमा प्रदेश सभा सचिवालय जुटेको छ।

सचिवालयले पदाधिकारीका कार्यकक्ष व्यवस्थापनदेखि बगैँचा सौन्दर्यीकरणको काम गरिरहेको छ। प्रदेश सभा सचिव जीवराज बुढाथोकीले भौतिक व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए । उनका अनुसार पदाधिकारीको कार्यकक्ष साटफेर गरिएको छ। यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक कक्षलाई सभामुखको कार्यकक्ष, कानुनमन्त्रीको कार्यकक्षलाई मुख्यमन्त्री, नेकपा (माओवादी केन्द्र)का दलका नेताको कार्यकक्षलाई प्रमुख विपक्षी दलका नेताको कार्यकक्षका रूपमा व्यवस्थापन गर्न लागिएको छ।

सचिव बुढाथोकीले भने , “यसअघि हतारमा कार्यकक्ष व्यवस्थापन गरिएको थियो, पाँच वर्षको अनुभव, सिकाइ र आवश्यकताका आधारमा पदाधिकारीहरूको कार्यकक्षलाई थप व्यवस्थित, आर्कषक बनाउन लागेका छौँ।” कतिपय पुरानै फर्निचर प्रयोग गरिएको छ भने केही नयाँ किनेको सचिवालयले जनाएको छ।

सचिवालयले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) नेकपा (एकीकृत समाजवादी), राप्रपाका लागि कार्यालय व्यवस्थापन गर्दैछ। राप्रपा र नेकपा (एकीकृत समाजवादी)बाहेक दलका कार्यालय पहिले नै व्यवस्थापन भइसकेका छन्।

सचिवालयका सूचना अधिकारी उपेन्द्र गुरुङले भन्नुभयो, “नयाँ पदाधिकारी र सांसदहरूको स्वागतका लागि सबै तयारी पूरा गर्दैछौँ। हामीले थप दुईवटा कार्यकक्ष व्यवस्थापन गर्दैछौँ। सभामुख÷उपसभामुखको स्वकीय सचिव कक्ष पनि व्यवस्थित गर्नुपर्नेछ।

सदनको बैठक कक्षभित्र सत्तापक्ष र प्रतिपक्षको आकार स्पष्ट भएपछि सिट व्यवस्थापन गरिने उहाँको भनाइ छ। बैठक कक्षमा ४० वटा कुर्सी यथावत् छन्। सचिवालयले डिस्प्ले मर्मत, द्रुत गतिको इन्टरनेट जडान, बगैँचा गोडमेल, सरसफाइलगायतका काम पनि गरिरहेको छ।

गाेरखापत्र

रँगाइँदै प्रदेश सभा भवन

YUGAAWHAN NATIONAL DAILY (2079-08-28)

रँगाइँदै प्रदेश सभा भवन

ठेकेदार कम्पनीलाई कारबाही

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!