बाल दिवसको अवसरमा सिम्तामा विद्यालहरुद्वारा विविध कार्यक्रम

दुर्गा विसि
सुर्खेत, २९भाद्र ।
सुर्खेतको सिम्ता गाउँपालिका ९ स्थित लक्ष्मी प्राथमिक बिधालय पशुनाउलाले विविध कार्याक्रम गरेर वालदिवस मनाएको छ ।त्यसै गरि भानु मावि वजेडिचौरले समेत विद्यालयमा धुमधामका साथ वालदिवस मनाएको छ ।”बालमैत्रि समाजको आधार, जिम्मेवार परिवार उत्तरदायी सरकार भन्ने मुल नाराका साथ देशव्यापी रुपमा मनाउने क्रममा लक्ष्मी प्रावीले पनि साे दिवस मनाएको छ ।

दिवसका अवसरमा बिद्यार्थीहरुले बाल अधिकारका नारा लेखिएका प्ले कार्ड सहित बिधालय देखि गाउँ परिक्रमा गरेका थिए । त्यसपछी कार्यक्रममा उपस्थिति बिद्यार्थी र अतिथिहरुले बाल अधिकारका सवालमा सबै जिम्मेवार हुनुपर्ने आवाज उठाएका छन ! कार्यक्रमका प्रमुख अतिथी समाजसेवी रबिनाथ योगिले अहिले कयौं बालबालिका बालश्रम र अधिकारबाट बन्चित भएकाले घर परिवार र समाजमा बालबालिकालाइ अधिकार दिने कुरामा प्रतिबद्ध हुन आग्रह गरिएको छ ।

अहिले बालबालिका नै भोलिका कर्णधार, देश चलाउने जनशक्ति भएकाले अहिले उनिहरुलाइ राम्रो परिवेश र बाताबरणमा मालमैत्री ज्ञान तथा व्यावहारिक शिक्षा घर साथै बिधालयमा दिनुपर्ने कुरामा जाेडदिएको छ । कार्यक्रममा बिधालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर टमटाले आजको दिन बालबालिकाको उत्साहको दिन भएकाले बालबालिकालाई उपयुक्त जिम्मेवारी र हरेक समाज र घरका क्रियाकलापमा सक्रिय सहभागीता हुनुपर्ने बताए । साथै अध्यक्ष टमटाले बाल अधिकार कानुनमा मात्र लेखेर नभै व्यवहारमा लागू हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा बिधालयका प्रधानाध्यापक टोप बहादुर खत्रीले आफ्नो बिधालयमा सधै बालबालिकाको मनोबैज्ञानिक र उनिहरुको इच्छा चाहाना बमोजिम पठन पाठन गराउनुपर्ने जनाएकाे छ। उहाले अभिभावकहरुले बिधालय र शिक्षक हरुलाइ जिम्मेवार र उत्तरदायी बनाउने कामामा सक्रिय हुन आग्रह गर्नुभयो । यसबैची कार्यक्रमको अवसरमा बिधालयले आयोजना गरेको विभिन्न खेलकुद प्रतियोगिता पनि सप्पन्न गरिएको छ । खेलहरुमा छोटो, लामो दौड , हाइ जम्प , डोरि , म्युजिकल चेयर , नृत्य ,बक्तृवकला कला प्रतियोगिता आयोजना गराएको थियोे ।बिजेता र सहभागी सबै बिद्यार्थीहरुलाइ पुरस्कार बितरण गरिएको छ ।

यसैबिच गोरखा जिल्लाबाट जिल्लान्तर सरुवा भै लक्ष्मी प्राविमा आनुभएका शिक्षक चक्र बहादुर खत्रीलाई औपचारिक रुपमा बिधालय व्यवस्थापन समिती लगायत अभिभावक हरुले फुल माला टीका लगाइ स्वागत गरेका छन ।

बाल दिवसको अवसरमा सिम्तामा विद्यालहरुद्वारा विविध कार्यक्रम

बाल दिवसको अवसरमा गुर्भाकोटमा नगर स्तरीय हाजिरी

बाल दिवसको अवसरमा सिम्तामा विद्यालहरुद्वारा विविध कार्यक्रम

वीरेन्द्रनगर मुख्य बजारको सडक विस्तारको काम शुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *