बाल दिवसको अवसरमा गुर्भाकोटमा नगर स्तरीय हाजिरी जबाफ प्रतियोगिता सम्पन्न

दिलिप ढकाल
सुर्खेत ,२९ भदौ ।

बालमैत्री समाजको आधार, जिम्मेवार परिवार उत्तरदायी सरकार” भने मुल नाराका साथ देशै भरि ५८औ राष्ट्रिय बाल दिवस मनाइएको छ। उक्त बाल दिवसको अबसरमा बिभिन्न बिद्यालयमा बिभिन्न कार्यक्रम तथा प्रतियोगिता सम्पन्न भएका छन्। यस्तै बाल दिवसको अबसरमा गुर्भाकोट नगर पालिकामा नगर स्तरीय हाजिरी जबाफ प्रतियोगिता सम्पन्न भएको छ। नेपाल नेत्र ज्योति संघ एकीकृत आखा तथा कान स्वास्थ्य परिक्षण कार्यक्रम तथा आश्मान नेपालको आर्थिक सहयोग र गुर्भाकोट नगरपालिका को समन्वयमा गुर्भाकोट ८ सिटि हलमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको गुर्भाकोट नगरपालिका शिक्षा शाखा अधिकृत छैटौ पदम बिकले जानकारी दिए ।

प्रतियोगितामा गुर्भाकोट नगरपालिका भित्रका माबि स्तरीय ११ वटा बिद्यालयका बिद्यार्थी सहभागी भएका थिए। जन ज्ञान भण्डार मा बि कोटखोला ,जनसेवा माबि सहारे,भेरिमाबी घुमखहरे,सरस्वति माबि सिमघाट,सुर्यज्योती माबि मेहेलकुना,गुर्भाकोट युनाईटेड पब्लिक स्कुल मेहेलकुना,सहारा बोर्डिङ्ग स्कुल बोटेचौर,नेरा माबि बडाखोली,नेरा माबि कोप्ची र आनन्द माबि गुमीबाट हाजिरी जबाफमा भाग लिन बिद्यार्थी हरु सिटि हाल पुगेका थिए। प्रतियोगितामा स्वास्थ्य, सामान्य ज्ञान लगाएत समसामयिक प्रश्न सोधिएको थियो। जसमा प्रथम सुर्य ज्योति माबि मेहेलकुना,द्वितीय जना सेवा माबि सहारे,तृतीय आनन्द माबि गुमी, सरस्वति माबि सिमघाट र सहारा बोर्डिङ्ग स्कुल बोटेचौर सान्तवना भएका थिए।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

प्रथम हुने सुर्य ज्योति माबि का विद्यार्थीले रु ५,००० द्वितीय हुने जनसेवा माबि साहारे विद्यार्थीले ३०००,तृतीय हुने आनन्द माविका बिध्यार्हिले २००० र सान्तवना हुने सरस्वति माबि सिमघाट र सहारा बोर्डिङ्ग स्कुल बोटेचौर का विद्यार्थीले रु एक/एक हजार प्राप्त गरेका थिए। कार्यक्रममा गुर्भाकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत देब किरण बुढा,शिक्षा अधिकृत पदम बिक,बिभिन्न शाखामा कार्यरत कर्मचारी हरु,सामुदायिक आखा उपचार केन्द्र सर्जिकल सेन्टर मेहेलकुनाका प्रमुख दिपेन्द्र साहानी, बिभिन्न बिद्यालयका प्रधानाध्यापक,शिक्षक,तथा विद्यार्थीको सहभागिता रहेको थियो। कार्यक्रम मा हरेक बर्ष भदौ २९ गते बिभिन्न कार्यक्रम गरि बाल दिवस मनाउने गरिएको छ।

बाल दिवसको अवसरमा गुर्भाकोटमा नगर स्तरीय हाजिरी जबाफ प्रतियोगिता सम्पन्न

बारेकोटकी सुत्केरीको हेलिकोप्टरबाट उद्धार

Leave a comment

Your email address will not be published. Required fields are marked *