बारेकोटकी सुत्केरीको हेलिकोप्टरबाट उद्धार

मोहन सिंह
बारेकोट, २९ । बारेकोट गाउँपालिका–५ कि २१ वर्षीया एक महिला सुत्केरी हुन नसकेपछि हेलिकोप्टरबाट उद्धर गरिएको छ । बारेकोट गाउँपालिका–५ कि २१ बर्षीया लिला थापाको आधारभुत स्वास्थ्य तथा सरसफाई शाखा बारेकोटमा सुत्केरी हुन नसकेपछि बारेकोट गाउँपालिका अध्यक्ष वीर बहादुर गिरिको पहलमा बुधबार साझ ५ बजे हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाईएको हो ।

त्यस्तै हेलिकप्टरमा अर्को बिरामि बारेकोट गाउँपालिका ७ कि दमरोगी मुनकुमारी सिंहको पनि उद्वार गरि औषधि उपचारको लागि प्रदेश अस्पता सुर्खेत पठाईएको छ। सुत्केरी हुन नसकेकि थाापाको एमनोटिस थेैलि फुटेको र सुत्केरी हुन नसकेको र सुत्केरी गराउन असहज भएकाले हवाई उद्वार को सिफारिस अगाडि बढाएको आधार भुत स्वास्थ्य लिम्सा बारेकोटले जनाएको छ।





