जनहितकारीकाे मा.वि. स्तरिय वादविवाद प्रतियोगिता

सुर्खेत, २९ भदौं ।
जनहितकारी वचत तथा ऋण सहकारी संस्था लि. को महिला तथा बालबालिका परिचालन उपसिमितीको आयोजनामा बुधबार “बालबालिकाका लागि ईन्टरनेट बरदान की अभिशाप” बिषयक मा.वि. स्तरिय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ ।
उपसमितिले तय गरेको बार्षिक कार्यक्रम अनुसार यस बर्ष “बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने मुल नारा बोकेको ५८ औं राष्ट्रिय बाल दिवसको अवसरपारी उक्त कार्यक्रम सञ्चालन गरिएको हो । संस्थाका सञ्चालक एवंम महिला तथा बालबालिका परिचालन उपसमिती संयोजक रञ्जीता भारतीको सभाध्यक्षतामा सम्पन्न उक्त वादविवाद कार्यक्रममा संस्थाका अध्यक्ष हरिहरनाथ योगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

त्यसैगरी संस्थाका सञ्चालक सदस्य लोक प्रसाद ढकाल, प्रबन्धक हिमलाल गौतम, उपसमिति सदस्यद्धय रत्ना अधिकारी र कल्पना योगी, त्यसैगरी विभिन्न विद्यालयका प्रतिनिधित्व गर्ने यामराज गिरी, गोमा पौडल, वेतेन्द्र कुमार दाहाल, निशा किरण राना, जगत गिरी, हरि प्रसाद काफ्ले लगायतकोे आतिथ्यता रहेको थियो ।
उपसमिती सदस्य जयन्ती कोईरलाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा उपसमिति सदस्य रत्ना अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने संस्थाका प्रबन्धक हिमलाल गौतमले जनहितकारी संस्थाको संक्षिप्त परिचय सहित बालबालिका लक्षित कार्यक्रम तथा बालसदस्यहरुले पाउने पुरस्कार लगाएत सेवा सुविधाका बारेमा जानकारी प्रस्तुत गर्नुभएको थियो ।

सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवंम् संस्थाका अध्यक्ष हरिहरनाथ योगीले मन्तव्यका क्रममा वादविवाद प्रतियोगिताले ब्यक्तिको अन्तरनिहित क्षमता हुँदाहुँदै पनि प्रस्फुटन गर्ने कला नभएमा पछाडी पर्ने भएकाले कुनै पनि ब्यक्तिको तार्किक क्षमता बढाउन यस्तो प्रतियोगिता आयोजना हुनु अत्यावश्यक रहेको भन्दै आजको विषयमा ईन्टरनेट आफैमा अभिशाप होईन तर यसको दुरुपयोग भएमा अभिशाप हुन, सहि सदुपयोग भएमा ईन्टरनेटले हरेक ब्यक्तिको सिकाई सहज बनाएको छ भन्ने विचार राख्दै कार्यक्रमको औचित्यता माथि प्रकाश पार्नु भएको थियो ।

वादविवाद प्रतियोगिताको नतिजा प्रकाशित गर्ने ३ सदस्यीय निर्णायक मण्डलमा संयोजक अम्मर बहादुर कार्की, सदस्यद्धय लोक प्रसाद ढकाल र जयराम कोईरला रहनुभएको कार्यक्रममा वीरेन्द्रनगरका १३ ओटा माध्यमिक विद्यालयबाट सहभागि २४ जना विद्यार्थीहरुमा वादविवाद विषयको पक्षबाट १२ जना र विपक्षबाट १२ जना प्रतिस्पर्धी मध्येबाट कृष्ण संस्कृत तथा साधारण मा.वि.का पवन शर्मा प्रथम, कोपिला भ्याली मा.वि.का नमुना परियार र हर्मन माईनर मा.वि.का दिलु धिताल द्धितिय, ईन्टरनेशनल कोअपरेटिभ मा.वि. का क्षितिज पाण्डे तृतिय त्यसैगरी अमरज्योति मा.वि. का सीता अधिकारी सान्त्वना स्थान हाँसिल गरेका थिए ।
विजय भाईबहिनीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र तथा निर्णायक मण्डललाई मायाको चिनो वितरण गर्दै समापन भएको कार्यक्रममा प्रतियोगि, अप्रतियोगि विद्यार्थीहरु, विभिन्न विद्यालयका प्रतिनिधी शिक्षक, शिक्षिका, आयोजक टिम, अतिथिहरु, संस्थाका कर्मचारी गरी ५७ जनाको सक्रिय सहभागितामा सम्पन्न भएको कुरा संस्थाका सूचना अधिकारी भोज प्रसाद आचार्यले जानकारी दिनुभयो ।





