प्रधानमन्त्री देउवाद्वारा जाजरकोटमा जीप दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं, २७ मंसिर ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जाजरकोटमा जीप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरे ।

मध्यपहाडी सडकखण्डअन्तर्गत जाजरकोटको छेडागाड नगरपालिका–५ स्थित भिरपाटीमा सोमबार दिउँसो कर्णाली प्रदेश ०२—००१च०४२९ नम्बरको बलेरो जीप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो ।

सभापति देउवाले आज (मङ्गलबार) शोक विज्ञप्तिमार्फत मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

गाेरखापत्र 

प्रधानमन्त्री देउवाद्वारा जाजरकोटमा जीप दुर्घटनाप्रति दुःख व्यक्त

दुर्घटनामा परी बेपत्ता भएका दुई जनाको शव

प्रधानमन्त्री देउवाद्वारा जाजरकोटमा जीप दुर्घटनाप्रति दुःख व्यक्त

१९ सय मेगावाट उत्पादनको सम्भाव्यता अध्ययन

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!