मौसमी रुघाखोकीका बिरामी बढे

हुम्ला, २७ मंसिर ।

जिल्लामा चिसो मौसम बढेसँगै अस्पतालमा बिरामीको सङ्ख्या वृद्धि भएको छ। चिसो बढेसँगै मौसमी रुघाखोकी, शरीर दुख्ने र टाउको दुखेर अस्पताल आउने बिरामीको सङ्ख्या वृद्धि भएको अस्पतालले जनाएको छ।

बिरामी तेन्डी शर्पाले चार दिनसम्म लगातार शरीर दुख्ने, टाउको दुख्ने, पानी निल्न पनि गाह्रो भएपछि अस्पताल आएर उपचार गरेको बताए । उनले खानसमेत रुचि नभएका कारण शरीर गलेकाले अस्पतालमा उपचार गराउन आएको बताए ।

बाँचु सुनारले रुघाखोकी र ज्वरो आउने समस्या देखिएपछि अपचारका लागि अस्पताल आएको जानकारी दिए । उनले श्वासप्रश्वासमा समस्या आएको र शरीर दुख्ने समस्याले सताएको बताए ।

उनले गाउँका घरघरमा बिरामी रहेको र चिसो बढेपछि बिरामीको सङ्ख्या पनि बढेको बताए । अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले चिसो बढेका कारण मौसमी फ्लुका बिरामीको सङ्ख्या वृद्धि भएको बताइरन्र  । लामो समयदेखि पानी तथा हिमपात नभएका कारण धुलो, धुवाँले पनि यस्तो समस्या देखिएको बताइएको छ।

दैनिक ५० जनाभन्दा बढी यस्ता खालका बिरामीको अस्पतालमा उपचार हुने गरेको र हिमपात नहुँदै चिसो बढेका कारण मौसमी फ्लुका बिरामी वृद्धि भएको अनमी बोहराले बताइन  । हिजोआज माथिल्लो हुम्लामा बिहान र बेलुकाको मौसम माइनस डिग्रीमा झर्ने गरेको छ। बिरामी बढेपछि ल्याब परीक्षण गर्नेको पनि घुइँचो लागेको छ।

उनले गम्भीर खालका बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचार गर्ने गरिएको र सामान्यलाई परीक्षण गरेर औषधि दिई फिर्ता पठाउने गरिएको बताए । यसरी आउने बिरामीमा बालबालिका र वृद्धवृद्धा बढी छन्।

चिसो बढेका कारण न्यानो तथा बाक्ला कपडा लगाउन, तातो पानीको प्रयोग गर्न र झोलिलो खानेकुरा खानसमेत सबैलाई अस्पतालले आग्रह गरेको छ।

गाेरखापत्र 

मौसमी रुघाखोकीका बिरामी बढे

जीप दुर्घटना अपडेट :  एकै वडाका आठ

मौसमी रुघाखोकीका बिरामी बढे

छाउगोठ विद्रोहबाट प्रदेश सभाको यात्रा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!