परिवार दलले एमालेका उम्मेदवारलाई १५ हजार मत दिने प्रतिवद्धता

कात्तिक, २७ सुर्खेत ।
नेपाल परिवार दलले कर्णालीमा नेकपा एमालेका उम्मेदवारलाई १५ हजार आफ्ना मत दिने प्रतिवद्धता जनाएको छ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन लक्षित नेपाल परिवार दलले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा एमालेका उम्मेदवारलाई विजयी गराउन आफ्ना १५ हजार मत दिने घोषणा गरेको हो ।

परिवार दल कर्णाली प्रदेशले अगुवा कार्यकर्ता तथा भेटघाट नेकपा एमाले जिल्ला अध्यक्ष तथा सुर्खेत क्षेत्र नम्वर २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अमृतबहादुर बि।सीले परिवार दलका नेता कार्यकर्तालाई धन्यवाद दिँदै परिवार दलसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाए ।

उनले परिवार दलका पारिवारिक आदर्श र एजेन्डाहरु पनि एमालेले अगाडी बढाउने बताए । कार्यक्रममा नेपाल परिवार दलका केन्द्रिय प्रवत्ता रुपसिंह भण्डारीले परिवार दलले कर्णाली प्रदेश बाट आफ्ना १५ हजार भोट एमालेका लागि खसाल्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई भव्य र सभ्य बनाउँदै एमालेका उम्मेदवारलाई विजयी गराउन आम जनसमुदायसँग अपिल समेत गरे । परिवार दलका सुर्खेत जिल्ला सचिव दिनेशप्रसाद काफ्लेको सभापतित्वमा भएको कार्यक्रममा दलका केन्द्रिय सदस्य योगेन्द्रबहादुर कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए भने परिवार दलका प्रदेश सदस्य सरिता अधिकारीले कार्यक्रममा अथितिको स्वागत गरेकी थिईन् ।

परिवार दलले एमालेका उम्मेदवारलाई १५ हजार मत दिने प्रतिवद्धता

एमाले अध्यक्ष ओली आज सुर्खेत आउदै

परिवार दलले एमालेका उम्मेदवारलाई १५ हजार मत दिने प्रतिवद्धता

सात चरण पूरा गर्नुपर्ने लिमीको विवाह

Leave a comment

Your email address will not be published. Required fields are marked *