सनको कप्तानीमा दक्षिण कोरियाको विश्वकप टोली

काठमाडौं,२७ कात्तिक ।

ह्युङ मिन सनको कप्तानीमा दक्षिण कोरियाले आगामी मंसिर ४ गतेबाट कतारमा सुरू हुने फिफा विश्वकपको लागि टोली घोषणा गरेको छ। मुख्य प्रशिक्षक पाउलो बेन्टोले अनुहारको चोटमुक्त हुने क्रममा रहेका इंग्लिस क्लब टोटेनहम हटस्परका फरवार्ड सनको कप्तानीमा २६ सदस्यीय टोली घोषणा गरेको हुन्।

च्याम्पियन्स लिगअन्तर्गत मार्सेविरुद्धको खेलमा अनुहारमा चोट लागेका सनले नोभेम्बर २ यता खेलेका छैनन्। टोलीमा इटालियन क्लब नेपोलीका डिफेन्डर किम मिन जाई र रियल मायोर्काका मिडफिल्डर लि काङले स्थान बनाएका छन्।

समूह एचमा रहेको लक्षिण कोरियाले पहिलो खेल मंसिर ८ गते उरूग्वेविरूद्ध खेल्नेछ। यस्तै दोस्रो खेलमा मंसिर १२ गते घानाविरूद्ध खेल्ने कोरियाले तेस्रो खेल पोर्चुगलविरूद्ध मंसिर १६ गते खेल्नेछ ।

सेतोपाटी

सनको कप्तानीमा दक्षिण कोरियाको विश्वकप टोली

पुनः भूकम्पको धक्का महसुस

सनको कप्तानीमा दक्षिण कोरियाको विश्वकप टोली

गठबन्धन दलको चुनावी सभा, अन्य दलको घरदैलो

Leave a comment

Your email address will not be published. Required fields are marked *