पुनः भूकम्पको धक्का महसुस

बैतडि,२७ कात्तिक ।

शनिबार साँझ पुनः भूकम्पको धक्का महसुस गरिएको छ।राति ८ बजेर १२ मिनेटमा सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, अछाम, कञ्चनपुर, कैलाली लगायत जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार बझाङको पटादेवल केन्द्रबिन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।

यसअघि कात्तिक २२ गते राति ९ बजेर ७ मिनेटमा ५.७ र राति ९ बजेर ५६ मिनेटमा ४.१ र कात्तिक २३ गते बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो। ६.६ रेक्टर स्केलको भूकम्पमा परेर छ जनाले ज्यान गुमाएका थिए।
सेतोपाटी

पुनः भूकम्पको धक्का महसुस

हुम्लामा खाद्यान्न मौज्दात न्यून

पुनः भूकम्पको धक्का महसुस

सनको कप्तानीमा दक्षिण कोरियाको विश्वकप टोली

Leave a comment

Your email address will not be published. Required fields are marked *