कुमाखमा अविरल बर्षाले लाखौं क्षेती सय भन्दा बढी परिवार बिचल्लीमा

बसन्त शर्मा
सल्यान,२७ असोज ।

देशै भरिको अबिरल बर्षाले जनजीवन कष्टकर भएको बेला कुमाख गाउँपालिका वडा न१ मा ८ वटा घर भत्किएको २० वटा घरधुरी उच्च जोखिमा छन् । किसानले बालि भित्र्याउन तयार भएकाबेलो ८० मुरी भन्दा बढी धान बाली नष्ट भएको वडाअध्यक्ष डिल्ली बहादुर रानाले बताए ।

त्यस्तै वडा न २ मा १३ वटा घर भत्किएको ३० वटा घरधुरी उच्च जोखिमा त्यस्तै किसानले भित्र्याउन तयार भएको ४० मुरी भन्दा बढी धान बाली नष्ट भएको वडाअध्यक्ष ईश्वरी शाहीले बताए। वडा न ३ मा ८ वटा घर भत्किएको ४० वटा घरधुरी उच्च जोखिमा त्यस्तै किसानले भित्र्याउन तयार भएको ३५ मुरी भन्दा बढी धान बाली नष्ट भएको वडाअध्यक्ष केवल रानाले बताए ।

वडा न ४ मा ३५वटा घर भत्किएको १८ वटा घरधुरी उच्च जोखिमा त्यस्तै किसानले भित्र्याउन तयार भएको २५ मुरी भन्दा बढी धान बाली नष्ट भएको वडाअध्यक्ष शोभिलाल बस्नेतले बताए । वडा न ५ मा ५ वटा घर भत्किएको ६० वटा घरधुरी उच्च जोखिमा त्यस्तै किसानले भित्र्याउन तयार भएको ४५ मुरी भन्दा बढी धान बाली नष्ट भएको वडाअध्यक्ष पदम बहादुर बुढामगरले बताए ।

वडा न ६ मा ४वटा घर भत्किएको १२ वटा घरधुरी उच्च जोखिमा त्यस्तै किसानले भित्र्याउन तयार भएको ३५ मुरी भन्दा बढी धान बाली नष्ट भएको वडाअध्यक्ष कर्ण बहादुर बिकले बताए । वडा न ७ मा ७ वटा घर भत्किएको १८ वटा घरधुरी उच्च जोखिमा त्यस्तै किसानले भित्र्याउन तयार भएको ३० मुरी भन्दा बढी धान बाली नष्ट भएको वडाअध्यक्ष डम्बर बहादुर शाहीले बताए

समग्रह कुमाख गाउँपालिकामा रहेका ७ वटा वडाका ८० घर वटा घर पुर्णरूपमा भत्किएका र १८० वटा घर उच्च जोखिम परेका २९० मुरि धान बाली खोलाले क्षेती गरेको थप विवरण आउन बाकी र सबै वडामा प्रहरी परिचालन गरि मुचुल्का तयारीको काम गरिरहेको ईलाका प्रहरी कार्यालय रागेचौरका प्रहरी नायब निरीक्षक शसिराम वलीले बताए ।

कुमाखमा आएको यो बिपत्तिमा धेरै थोरै जति सक्छौ त्यति सहयोग गर्ने हेतुले आफुले कुमाखको सम्पुर्ण तथ्यांकको जानकारी गराएको नेपाल रेडक्रश सोसाइटी सल्यानका पालिका फोकल प्रसन भुवनेश्वर शर्माले बताए । यो बिपत्तिबाट अझै धेरै घर धुरी बिस्थापित भएको छ सबै ठाउँको विवरण आइसकेपछि गाउँपालिकामा बृहत छलफल गर्छौ र राहतको व्यवस्थापन गर्ने कुमाख गाउँपालिकाका उपाध्यक्ष लाल बहादुर रावतले बताए ।

कुमाखमा अविरल बर्षाले लाखौं क्षेती सय भन्दा बढी परिवार बिचल्लीमा

नेकपा माओवादी केन्द्रका प्रदेश क का उम्मेदवार

कुमाखमा अविरल बर्षाले लाखौं क्षेती सय भन्दा बढी परिवार बिचल्लीमा

YUGAAWHAN NATIONAL DAILY (2079-06-27)

Leave a comment

Your email address will not be published. Required fields are marked *