सल्यानको कालिमाटी गाउपालिकामा नेपाल टेलिकम को टावर निर्माण हुँदै

दिलिप ढकाल सल्यान ,२७ साउन । सल्यानको कालिमाटी गाउपालिका मा नेपाल टेलिकम को टावर निर्माणको काम धमाधम भईरहेको छ। जिल्लाको दुर्गम पालिकाको रुपमा चिनिएको कालिमाटी गाउपालिका वडा नम्बर ६ र ७ को सिमाना (दहचुली) मा टेलिकम को टावर निर्माण भईरहेको हो । २०७९ बैशाख देखि टेलिकम को टावर निर्माणको लागि काम सुरु भएको थियो भने यति बेला टावरको लागि खाडल खनेर पी.पी.सी को काम सकिएको छ। अहिले बर्खा को समय भएको र टावर निर्माण हुने ठाउ सम्म सडक संजाल नपुगेको हुदा टावर निर्माण को लागि आबश्यक सामाग्री लैजान नसकिने भएकाले अहिले अर्थात् बर्खा भरि काम काम नहुने र बर्खा सकिएपछि पुण :धमाधम काम सुरु हुने वडा नम्बर ६ का वडा अध्यक्ष टेकराज पुलामीले जानकारी दिए ।

सडक संजाल बाट टावर निर्माण हुन लागेको ठाउ टाढा भएकाले निर्माणको लागि आबश्यक पर्ने सामाग्री मानिसले श्रमदान गर्नु पर्ने हुदा पनि निर्माण को कामले गति लिन नसकेको उनले जानकारी दिए । उक्त स्थानमा नेपाल टेलिकम को टावर निर्माण सम्पन्न भई संचालनमा आए पश्चात बिशेष कालिमाटी गाउपालिका संगै सल्यान सुर्खेत बाके बर्दिया दाङ लगाएतका जिल्लाका नागरिक लाभान्वित हुने छन्।






