सार्वजनिक विदाकाे दिन गाउँपालिकाको सवार गाडिसंग ठाेकियाे

दुर्गा विसि साउन,२७ सल्यान
सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नं ६ क्रसर उद्योग नजिकै एक अापासमा स्कारपियाे र भ्यान ठाेकिएका छन् । शनिबार दिउँसो १ वजेतिर कुमाख गाउँपालिकाका अध्यक्ष मानवहादुर वुढाथाेकि सवार गाउँपालिकाकाे बा २ झ ४२४६ नम्बरको स्कारपियाे नेपालगञ्जतिर जाँदै गरेकाे र सल्लिवजारबाट सुनौलिवजार तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२ ००१ च ०२५९ नम्बरको रिटाेटलिङवाला भ्यान एकअापसमा क्रसर उद्योग नजिकै ठाेकिएका छन् ।दुबै गाडिमा क्षति भएको छ ।
गाडिमा सवार व्यक्तिहरु भने सकुशल रहेको जनाएको छ ।व्यक्तिगत प्रयोजनका लागि गाउँपालिका अध्यक्ष वुढाथाेकि नेपालगञ्जतर्फ जाँदै गरेको वुझिएको छ ।सार्वजनिक विदा शनिबारको दिन परेकाले जिल्ला प्रशासन कार्यालय सल्यानले पास दिएको हुनले उक्त गाडी प्रयोग गरेकाे जनाएको छ ।उनी व्यक्तिगत प्रयोजनका लागि नेपालगञ्ज हिडेका थिए ।दुबै गाडीमा सवार व्यक्तिहरु सकुशल रहेको जनाएको छ ।






