साउनमा विपद्का ३१ घटना : कर्णालीलाई पहिरोको पिरलो

सुर्खेत, २८ साउन ।
यसै हप्ता दैलेखमा पहिरोले सडकसहित जीप नै बगायो । बुधबार दैलेखको नारायण नगरपालिका–११ छाडेखोला स्थत भित्रि सडकखण्डमा आएको पहिरोले बाग्मति प्रदेश ०१–०२६ च ८०९१ नम्वरको जीप बगाएको हो । जीपको टायर पञ्चर भएपछि सडक छेउमा रोकेर सवारी चालक टायर मर्मत गर्दे थिए ।

बिहान ११ बजेको समय थियो, एक्कासी आएको पहिरोले सडकसहित जीपलाई नै बगाइदियो । पहिरो आउँदै गरेको पत्तो पाएपछि जीपमा सवार व्यक्तिहरु ज्यान जोगाउन लागे । मानवीय क्षति त भएन, जीप भने पहिरोसंगै करिव १० मिटर तल पुग्यो । सडक पूर्णरुपमा क्षति भयो । गत हप्ताको आईतबार नै जाजरकोटमा आएको पहिरोले घर जग्गामा क्षति पु¥यायो ।

जाजरकोटको बारेकोट गाउँपालिका–३ मा स्थित मुल्साममा आएको पहिलोले चार कोठे घरसहित खेतबारी पु¥र्यो । मुल्सामस्थित डाँडाकोटबाट झरेको पहिरोले जयबहादुर सिंहको घर तथा वरपरको १६ रोपनी मकै बारीमा क्षति पु¥याएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । चालू आर्थिक वर्ष २०७९/०८० सुरु भएसँगै कर्णालीमा कुल ३१ वटा विपद्का घटना घटिसकेका छन् । यसमध्य पहिरोको जोखिम उच्च देखिन्छ । चालू आर्थिक वर्ष सुरु भएको २६ दिनमा कर्णालीमा १७ स्थानमा पहिरो गईसकेको छ ।

कर्णालीको भूगोल तथा वर्षातको समयमा प्रदेशमा पहिरोको जोखिम कायमै रहन्छ । साउन महिनामा घटेका ३१ विपद् का घटनामा १० वटा घरमा क्षति पुगेको छ । जसमध्ये पाँच घर पहिरोले बगाएको प्रहरीको तथ्यांक छ । पहिरो र ढुंगा लागेर साउन महिनामा मात्र कर्णालीमा दुई जनाले ज्यान गुमाएका छन् । चालू महिनामा विपद् का कारण १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

आगलागीका चार, चट्यांङ्गका पाँच, अविरल वर्षाको एक, खोलाले बगाएको तीन, र ढुंगाले लागेको एक घटना कर्णालीमा घटेको छ । जिल्लागत रुपमा हेर्दा साउन महिनामा दैलेखमा विपद्का धेरै घटना घटेका छन् ।

दैलेखमा १०, जाजरकोटमा ५ र रुकुममा पश्चिममा तीन, सल्यानमा दुई, कालिकोटमा चार, जुम्लामा पाँच, मुगु र डोल्पामा एक–एक वटा विपद्का घटना घटेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । साउनमा घटेका विपद्का यि ३१ घटनामा दश लाख रुपैयाँ वरावरको क्षति भएको प्रहरीको तथ्यांक छ ।

वर्षेनी सयौँ घटना
कर्णालीमा वर्षेनी विपद्का सयौं घटना घट्छन् । २०७६/०७७ यता ०७९ सम्ममा कर्णालीमा कुल दुई हजार चार सय ३४ भन्दा धेरै विपद्का घटना घटेको कर्णाली प्रदेश प्रहरीको तथ्यांक छ । यस अवधिमा हुम्लामा मात्र चार सय ५५ वटा विपद्का घटना घटेका छन् । विपद्का यी घटनामा ६ सय ९३ घरमा क्षति पुगेको छ ।

जसमा ६ जनाको मृत्यु, पाँच जना घाइते, दुई वेपत्ता र ६७ जना विस्थापित भएको प्रहरीको तथ्यांक छ । यसैगरी सुर्खेत र जाजरकोटमा समेत धेरै विपद्को घटना घटेको देखिन्छ तीन आर्थिक वर्षको अन्तसम्ममा जाजरकोटमा चार सय ४१ वटा विपद् का घटना घटेका छन् । यी घटनामा ३० जनाले ज्यान गुमाएका छन् भने ३७ घाइते र ९१ जना विस्थापित भएको कर्णाली प्रदेश प्रहरीको तथ्यांक छ ।

यसैगरी सुर्खेतमा मात्र तीन आर्थिक वर्षमा तीन सय ३८ वटा विपद्का घटना घटेका छन् । यी घटनामा १३ जनाको मृत्यु, २२ घाइते, दुई जना वेपक्ता र ६७ जना विस्थापित भएका छन् । जिल्लागत रुपमा हेर्दा दैलेखमा एक सय ९०, रुकुम पश्चिममा दुई सय चार, सल्यानमा दुई सय ५७, कालिकोटमा दुई सय ४४, जुम्लामा एक सय ३१, मगुमा एक सय २९, डोल्पामा ४५ वटा विपद्का घटना घटेका छन् ।

तीन आर्थिक वर्षमा कर्णालीमा विपद्का कारण विपद्का कारण करिव तीन अर्व २९ करोड १२ लाख ५५ हजार रुपैयाँ बढीको क्षति पुगेको प्रहरीको तथ्यांक छ । कर्णालीमा जोखिमका समयमा क्षति न्यूनिकरण, उद्धारलगायतका विषयमा कर्णाली प्रदेश सरकार तयारी अवस्थामा रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयको विपद् व्यवस्थापन शाखाका प्रमुख कृष्णबहादुर रोकाया बताउँछन ।

साउनमा विपद्का ३१ घटना : कर्णालीलाई पहिरोको पिरलो

YUGAAWHAN NATIONAL DAILY (2079-04-28)

साउनमा विपद्का ३१ घटना : कर्णालीलाई पहिरोको पिरलो

सार्वजनिक विदाकाे दिन गाउँपालिकाको सवार गाडिसंग  ठाेकियाे

Leave a comment

Your email address will not be published. Required fields are marked *