जाजरकोट दुर्घटना :  मृत्यु हुने ९ जनाको पहिचान खुल्यो

जाजरकोट,२६ मंसिर । ।

 जाजरकोटमा जिप दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ। पश्चिम जाजरकोटको छेडागाड नगरपालिका–४ भीरबाटी भन्ने ठाँउमा कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बलेरो जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मानबहादुर रावल, बीर बहादुर खत्री, जयकुरा बुढा, बीरेन्द्र केसी, नैनसरा अधिकारी, अम्मरबहादुर खड्का, रामबहादुर बुढा, दीपक अधिकारी र देवीसरा बुढा छन्।

दशेराको जेवाबाट लेवा जाँदै गरेको जीप दुर्घटनामा भएको हो। मृत्यु हुनेमा धेरैजसो लेवा गाँउका छन्। दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्। घाइतेको दशेरास्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचार भइरहेको स्थानीय प्रेम रावतले जानकारी दिए।

अनपुर्ण

जाजरकोट दुर्घटना :  मृत्यु हुने ९ जनाको पहिचान खुल्यो

मुसीकोटमा विपन्न परिवारलाई न्यानो कपडा वितरण

जाजरकोट दुर्घटना :  मृत्यु हुने ९ जनाको पहिचान खुल्यो

YUGAAWHAN NATIONAL DAILY (2079-08-27)

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!