मुसीकोटमा विपन्न परिवारलाई न्यानो कपडा वितरण

रूकुम पश्चिम ,२६ मंसिर ।

रूकुम पश्चिमको मुसीकोट नगरपालिका ६ का दलित र विपन्न परिवरलाई न्यानो कपडा तथा डसना वितरण गरिएको छ । थेम्स इन्टरनेसनल कलेजको रोटा¥याक्ट क्लब अफ काठमाडौंको सहयोगमा न्यानो परियोजनाअन्तर्गत मुसीकोट–६ भण्डारीकाँडाका ७५ दलित तथा विपन्न घरपरिवारलाई डसना र यहीँका ५ सय जना ज्येष्ठ नागरिक तथा बालबालिकालाई न्यानो कपडा वितरण गरिएको क्लबमा अध्यक्ष डेलीसा खड्गीले जानकारी दिइन् ।

वितरण कार्यक्रमको सहजीकरण वडा नम्बर ६ को कार्यालयले गरेको थियो । नगरपालिकाभित्रका गरीब तथा विपन्न परिवार भएका वडा छनोट गरेर न्यानो कपडा तथा डसना वितरण गरिएको वडाध्यक्ष भानु मल्लले बताए । स्थानीय टोपबहादुर रोकाले चिसो मौसममा न्यानो कपडा पाउँदा खुसी लागेको बताउँदै क्लबलाई धन्यवाद दिएका छन् ।

कान्तिपुर 

मुसीकोटमा विपन्न परिवारलाई न्यानो कपडा वितरण

सल्यानमा विकराल बन्दै मानसिक स्वास्थ्य समस्या

मुसीकोटमा विपन्न परिवारलाई न्यानो कपडा वितरण

जाजरकोट दुर्घटना :  मृत्यु हुने ९ जनाको

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!