हत्या प्रयास आरोपमा जेठाजु पक्राउ

सल्यान,२६ मंसिर ।

बुहारीको हत्या प्रयास आरोपमा जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको छत्रेस्वरी गाउँपालिका २ खोरबारेकी सरिता ओलीलाई धारिलो हतियार लिएर मार्ने प्रयास आरोपमा जेठाजु जीवन ओलीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका ओलीलाई अहिले जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा राखिएको प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए । घरायसी विवादका कारण रिसको आवेगमा आएर शनिबार राति ओलीले बुहारीलाई कुटपिट गरी मार्ने प्रयास गरेको उनले जानकारी दिए ।

उनका अनुसार श्रीमान वैदेशिक रोजगारीमा गएकाले सरिता घरमा बच्चाबच्चीसँग बस्दै आएकी थिइन् । उनी भागेपछि ओलीले बच्चाबच्चीलाई समेत कुटपिट गर्न खोजेका थिए । स्थानीयले बच्चाबच्चीलाई भगाएर बचाएका थिए । सरिता भागेपछि जीवनले जथाभावी हँसिया प्रहार गर्दा घरमा रहेका नौ पशुचौपाया मरेका छन् ।

यता सरिताका आफन्तीले जाहेरी दिने तयारी गरिरहेको र घटनाको अनुसन्धान भइरहेको उनले जानकारी गराए । हाललाई घरायसी विवाद भन्ने गरेपनि वास्तविकता जाहेरीपछि खुल्ने उनीहरूको भनाइ छ ।

कान्तिपुर 

हत्या प्रयास आरोपमा जेठाजु पक्राउ

जाजरकोटमा सडकदेखि दुई सय मिटर तल खस्यो

हत्या प्रयास आरोपमा जेठाजु पक्राउ

सल्यानमा विकराल बन्दै मानसिक स्वास्थ्य समस्या

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!