जाजरकोटमा सडकदेखि दुई सय मिटर तल खस्यो जीप

जाजरकोट, २६ मंसिर ।

जाजरकोटमा जीप दुर्घटनामा परेको छ। सोमबार दिउँसो ४ बजेतिर कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको जीप दुर्घटनामा परेको हो।

छेडागाड नगरपालिका–५ भीरपाटीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। दुर्घटनामा क्षतिको यकिन विवरण आइसकेको छैन।

स्थानीयस्तरमा रहेको प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थलतर्फ गइरहेको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार छेडागाड–५ को वडावनदेखि वडा नम्बर ४ दशेर जाँदै गरेको जीप सडकदेखि २०० मिटर तल खसेको छ।

 सेताेपाटी 

जाजरकोटमा सडकदेखि दुई सय मिटर तल खस्यो जीप

YUGAAWHAN NATIONAL DAILY (2079-08-26)

जाजरकोटमा सडकदेखि दुई सय मिटर तल खस्यो जीप

हत्या प्रयास आरोपमा जेठाजु पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!