लघुकथा : घोषणपत्र

राकेश कार्की


सुर्खेत,२६ कात्तिक ।

चुनाव नजिकिएसंगै धमाधम राजनीतिक दलहरुले आ–आफ्नो घोषणापत्र सार्वजनिक गर्न थाले । दलका जनवर्गीय संगठन, विभाग र विभिन्न क्षेत्रका विषय विज्ञसँग छलफल गरेर घोषणापत्र तयार गरेको भन्ने सुन्नमा आयो । सबै क्षेत्र र पेशा व्यवसायलाई समेट्ने गरी ५ वर्षे योजना घोषणापत्रमार्फत् आउने भयो ।

घोषणापत्रको नारामा राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता, आर्थिक सामाजिक रूपान्तरण र समृद्धि आदि इत्यादि तय गरियो । एकजना देशभक्तले सबै दलहरुको घोषणापत्र थाक लगाएर जतनले घरमा राख्यो । चुनाव भयो । जित्नेले जिते । सरकार बनाए । देशभक्तले खुब चाख दिएर घोषणापत्रले सबै विकास गरिदिन्छ भनेर विश्वास गरी दिनहुँ पढ्न थाल्यो ।

खेतीको बेला मल आएन । किन आएन, घोषणा पत्रमा पल्टाएर खोज्यो । रोजगारीको लागि दिनहुँ युवायुवतीहरु खाडी मुलुक र अन्यत्र मुलुकतिर किन जान बाध्य भए भनेर पत्ता लगाउन घोषणापत्र पल्टाएर खोज्यो । बिरामी हुँदा सिटामोल पनि किन किन्न पाइएन भनेर घोषणापत्रको पन्ना धुँइधुँइ पल्टाइ रह्यो ।

घोषणापत्र पढ्दा पढ्दै देशभक्तलाई देशको माया लाग्यो । अनि उसको घोषणापत्र प्रतिको विश्वास र उसले गरेका आशाहरु अब के हुन्छन् भन्ने उसलाई चिन्ता लाग्न थाल्यो । विडम्वना घोषणापत्र पढ्दा पढ्दै उसका आँखा रसाएर आए । घोषणापत्रको सबै आशा निराशामा परिणत भए ।

लघुकथा :  घोषणपत्र

घुम्दैफिर्दै, रामे र रोशन : रामारोशन

लघुकथा :  घोषणपत्र

कविता : चुनाव

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!