बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीले पठायो समानुपातिक सांसद

काठमाडौं,२५  मंसिर ।

नेपाल समाजवादी पार्टीले समानुपातिक सासंद पठाएको छ। दुई दिन बसेको केन्द्रीय पदाधिकारीको बैठकले निर्वाचनको समिक्षा र वर्तमान राजनीतिबारे छलफल गरेको छ। योसँगै समानुपातिक सासंदहरूको नाम निर्वाचन आयोगमा पठाएको हो।

मधेशबाट प्रतिनिधित्व हुने गरी समानुपातिक तर्फ उमरावती यादवलाई प्रतिनिधिसभामा पठाउने पनि निर्णय गरेको हो। नेपाल समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रले यस निर्वाचनमा एकल चुनाव चिन्ह लिएको थियो। त्यसअनुसार यादवलाई माओवादी केन्द्रले समानुपातिक सासंद बनाएको हो।

लुम्बिनी प्रदेशमा समानुपातिक प्रणाली तर्फबाट राजु नेपालीलाई प्रदेश सभामा पठाउने निर्णय पनि बैठकले गरेको छ।नेसपाका उम्मेदवार मध्ये सर्लाही–२ मा प्रतिनिधिसभा सदस्यमा महीन्द्र राय यादव विजयी भएका हुन्। त्यस्तै प्रदेशसभामा सिन्धुलीमा गंगा श्रेष्ठ र गोरखामा फणीन्द्र देवकोटा विजयी भएका हुन्।

साथै पार्टीको आगामी कार्ययोजना, रणनीति र पार्टी एकताबारे निर्णय गर्न पौस १५ भित्र राजनीतिक समितिको बैठक बस्ने निर्णय पनि भएको छ।

सेताेपाटी 

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीले पठायो समानुपातिक सांसद

दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार गौरी

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीले पठायो समानुपातिक सांसद

देश विदेश पुग्दैछन् जुम्लाका उत्पादन

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!