बोकाका टाउका बेचेर छ लाख सङ्कलन

रुकुमपश्चिम,२५ कात्तिक ।

रुकुमपश्चिमको मुसीकोट नगरपालिका–५, थर्पुमा रहेको डिग्रे साईकुमारी भगवतीको मन्दिरमा बलि चढाइएका बोकाको टाउका बेचेर छ लाखभन्दा बढी रकम सङ्कलन भएको छ ।

मन्दिर व्यवस्थापन समितिका अनुसार बोकाको टाउको बिक्रीबाट छ लाख ६६ हजार रुपियाँ सङ्कलन भएको छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्र केसीले पवित्र धार्मिक डिग्रे मेलाको अवसरमा आएका दर्शनार्थीले चढाएको बोकाको टाउको बेचेर उक्त रकम सङ्कलन भएको जानकारी दिए ।

उहाँका अनुसार मेलाको तीन दिनमा एक हजार ६१ वटा बोका बलि दिइएको थियो। कात्तिक शुक्लद्वादशीदेखि चतुर्दशीसम्म डिग्रे साइकुमारीको मन्दिरमा बोका बलि चढाइएको हो। पाँचदिने धार्मिक मेलाको पहिलो दिन हरिबोधनी एकादशी र अन्तिम पूर्णिमाको दिन मन्दिरमा बलि दिइँदैन। मेलाको दोस्रो, तेस्रो र चौथो दिन मात्र बलि दिने प्रचलन रहेको छ।

अध्यक्ष केसीले तीन दिनको अवधिमा मन्दिरमा चढाएको बोकाको टाउका उक्त दिनमै मेलाबाट बिक्री हुने गरेको बताए ।मन्दिरमा दर्शनार्थीले चढाएको भेटीको रकम भने गणनाकै क्रममा रहेको छ। मन्दिरमा सङ्कलन भएको भेटी जिल्ला प्रशासन कार्यालयमा ल्याएर गणनाको काम सुरु भएकाले केही दिन लाग्ने अध्यक्ष केसीले जानकारी दिए ।

मेलाका क्रममा मन्दिर दर्शनका लागि आएकाबाट सङ्कलन भएको रकम मेला व्यवस्थापन, सरफाइ, मन्दिर परिसर वरपर भौतिक संरचना निर्माण, धार्मिक कार्यलगायतका काममा खर्च गर्ने गरिएको मन्दिर व्यवस्थापन समितिको भनाइ छ। यो वर्ष डिग्रे मेला कात्तिक १८ गतेदेखि सुरु भई कात्तिक २२ गते मङ्गलबारसम्म सञ्चालन भएको थियो।

गोरखापत्र

बोकाका टाउका बेचेर छ लाख सङ्कलन

मतदान प्रक्रिया जान्न मतदाता उत्सुक

बोकाका टाउका बेचेर छ लाख सङ्कलन

भोट हालेर श्रम गर्न विदेश जानुपर्ने अवस्था

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!