चीलसँग ठोकिएर क्षति भएको जहाज मर्मत पछि उडान

हुम्ला, २४ मंसिर ।

आकाशमा चीलसँग ठोकिएर क्षति भई सिमकोट विमानस्थलमा ग्राउण्डेड भएको तारा एयरको ट्वीन्टर विमानको मर्मतपछि आज उडान भरेको छ । काठमाडौंबाट आएको प्राविधिक टोलीले तीन दिन लगाएर जहाजको मर्मत गरेपछि जहाजले उडान भरेको हो ।

तारा एयर सिमकोटका सहायक इन्चार्ज नुर्बु लामाले क्षति भएको जहाजको मर्मत कार्य पूरा भएपछि सिमकोटबाट नेपालगञ्जका लागि उडान भर्न सफल भएको बताए । गत बिहीबार प्राविधिक टोली आएर जहाजको मर्मत गर्न तीन दिन लगाएको जानकारी दिए ।

हाललाई जहाजको मर्मत गरेर नेपालगञ्जसम्म लगिएको र थप मर्मत नेपालगञ्जमा हुने उनले बताए  । क्षति भएर मर्मत गरिएको जहाजमा चालक दलका सदस्य मात्र हुन्र । जहाजको मर्मतका लागि पाँच जना प्राविधिक आएका थिए । टोलीले पहिलो दिन जहाजको जोनभित्र रहेको दश केजीभन्दा बढी तौल भएको चीललाई निकालेको थियो ।

गत बुधबार सर्केगार्ड र अदानचुली गाउँपालिकाको सिमानामा पर्ने मनेलेक क्षेत्रमा आकाशमा उडिरहेको तारा एयरको ट्विनअटर विमान चीलसँग ठोक्किँदा जहाजको अग्र भागमा क्षति भएको थियो । नेपालगन्जदेखि सिमकोट विमानस्थलका लागि कार्गो उडान भरेर आइरहेको जहाजमा चील ठोकिएको थियो ।

तारा एयरको नाईन एन–एकेल कलसाईन भएको जहाज बुधबार दिउँसो १२ः४५ बजे सिमकोट विमानस्थलमा अवतरण गर्न दुई मिनेट बाँकी रहँदा जहाजमा चील ठोक्किएको थियो । चील नोचभित्र पसे पनि चालक दलका सदस्यले जहाज सिमकोट विमानस्थलमा सुरक्षित अवतरण गरेका थिए  ।

गाेरखापत्र 

चीलसँग ठोकिएर क्षति भएको जहाज मर्मत पछि उडान

कर्णालीमा हवाई यातायात : अनलाइन  टिकटको व्यवस्था

चीलसँग ठोकिएर क्षति भएको जहाज मर्मत पछि उडान

एमालेले प्रभु शाह र घनश्याम भुसाललाई स्थायी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!