अपाङ्गमैत्री मतदानस्थल नहुँदा सास्ती

सिर्जना बुढाथोकी
सुर्खेत,२४ कात्तिक ।

वीरेन्द्रनगर ८ की मेनका आचार्यले अहिलेसम्मका ३ वटा निर्वाचनमा मतदान गर्ने मौका पाइन् । तर उनले कसलाई मत दिइन भन्ने कुरा उनी आफैलाई नै थाहा छैन् । ‘गोप्य’ भनिने मतदानमा, मतदान गर्ने व्यक्तिबाहेक अरु कसैले थाहा नपाउने गरी गोप्य हुनु जायज भएपनि मतदान गर्ने व्यक्ति आफैले आफ्नो भोट कसलाई गयो भन्ने थाहा नहुनु आफैमा विचित्र विडम्बनाको कुरा हो ।

दृष्टिविहीन आचार्यले हरेक निर्वाचनमा सहयोगीकै भरमा भोट हाल्नुपर्ने बाध्यात्मक अवस्थाका कारण आफुले इच्छाएको उम्मेदवारलाई हालेको भोट गयो कि गएन भन्ने बारेमा आफू नै अनविज्ञ हुनुपरेको गुनासो गरिन् । ‘विश्वास गरेर मतदान गर्ने जिम्मेवारी दिने हो, हाल्नेले नै बद् मासी गरिदिए हाम्रो मत भनेका उम्मेदवारलाई नजान सक्छ’, उनले भनिन्, ‘दृष्टिविहीनका लागि अहिलेको निर्वाचन व्यवस्थापनले मतदान गर्नै समस्या छ ।’

एकातिर गोपनियता भङ्ग हुने र अर्कोतिर मतको दुरूपयोग हुने जोखिम रहेको उको भनाई छ । निर्वाचन चिन्ह छामेर वा आपूmले कुन चिन्हमा मतदान गरेको सो को आवाज सुन्न सकिने गरी इलेक्ट्रोनिक मेसिनको प्रयोग भए ढुक्क भएर मतदान गर्न सहज हुने आचार्यले बताइन् । नीलहिरा समाज सुर्खेतकी कार्यक्रम संयोजक अञ्जली वी.सीलाई भने भोट हाल्ने ठाउँमा गइसकेपछि कुन लाइनमा उभिने भन्ने दोधारका कारण हरेक निर्वाचनमा असमञ्जस हुने गरेको सुनाइन् ।

तेस्रो लिङ्गी तथा लैंगिक अल्पसंख्यकहरुका लागि सहज रुपमा मतदान गर्ने व्यवस्था नभएको भन्दै उनले आफुहरुलाई महिला, पुरुषझैं लाईनमा बसेर मतदान गर्न समस्या हुने उल्लेख गरिन् । ‘लामो समय लाईनमै बस्दा अरुले हेपाहा तरिकाले हेर्ने र व्यवहार गर्ने भएर नरमाईलो लाग्छ’, उनले भनिन्, ‘हामीलाई हेरेर हाँस्ने, अरुलाई पनि हेर्न लगाउने जस्ता कृयाकलापले झन तनाव दिन्छ ।’ हरेक किसिमका मतदाताका लागि मैत्रीपूर्ण मतदानस्थल आवश्यक रहेको उनको भनाई छ ।

यस्तै, वीरेन्द्रनगर–९ की ७१ वर्षीया पूर्णमाया अधिकारी भने आपूmजस्ता वृद्धवृद्धाहरु भोट हाल्नका लागि लामो समय लाईनमा बस्न नसक्ने हुँदा छिटोछरितो मतदान गर्न पाउने व्यवस्थापन हुनुपर्ने हुनुपर्ने माग गर्छिन् । लठ्ठी टेकेर या अरुको सहायतामा मतदानस्थलसम्म जसोतसो पुगेपनि, आफु उमेरका अरु मतदाता अगाडि भए लामै समय लाइनमा उभिनु पर्दा हुने समस्यालाई मध्यनगर गर्दै पालो कुर्ने बेलासम्मका लागि बस्ने बेञ्चकुर्सीको व्यवस्था गर्नुपर्ने उनको माग छ ।

‘एक त आफु हिड्नै सकिन्न, झन् उभिईराख्ने अवस्थापनि हँुदैन’, उनले भनिन्, ‘पालो आउञ्जेलसम्म टुसुक्क बस्न पाएपनि भोट हालेको सार लाग्थ्यो, नत्र त सधैं सास्ती मात्र हुन्छ ।’ सगोलमा रहेको परिवारको एकजनाले भोट हाल्ने भएपनि आफूहरूको अधिकार स्थापित नहुने अपाङ्गता भएका मतदाताहरूको गुनासो छ । वीरेन्द्रनगर–८ सुर्खेतकी सोमना खड्काले अरुले भोट हालिदिने भएकाले गोपनियताको समेत भङग हुने गरेको बताइन् । ‘ गोप्य मतदान भनिन्छ, तर, हामीले अरुको सहयोगमा भोट हाल्दा कसरी गोप्य मतदान हुन्छ’

वीरेन्द्रनगरका १० वटा मतदान स्थललाई अपाङ्गमैत्री बनाउने विषयमा राष्ट्रिय अपाङ्गता महासंघसंग छलफल भएको बताए । सरकारबाट कानुनी व्यवस्था भने पुरानै भएकाले अपाङ्गता भएका नागरिकले मतदान गर्दा आफै, परिवारका सदस्य वा मतदान अधिकृतमध्ये एकबाट मतदान गर्नसक्ने व्यवस्था रहेको उनले जानकारी दिए ।

महासंघ कर्णाली प्रदेश कार्यालयबाट मतदानस्थल अपाङ्गमैत्री हुनुपर्ने वा खुल्ला ठाउँमा मतदान केन्द्र राख्नुपर्ने माग आएकोले त्यसैमा छलफल भैरहेको उनले बताए । ‘अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, गर्भवती महिला र लैगिंक तथा अल्पसंख्यक नागरिकलाई भने लाईनमा बस्नपर्ने व्यवस्था छैन’, उनले भने, ‘उहाँहरुलाई होल्डिङ्गमा राखेर सिधै मतदान स्थलमा लग्ने व्यवस्था छ ।’

प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन (मतदान) निर्देशिका–२०७९ मा दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगका लागि एकाघरको परिवारको सदस्यको मद्दत लिन सक्छन् । कुनै मतदाताले दृष्टिविहीन वा शारीरिक अशक्तता भएको तथा अरु कुनै कारणवश आफैँ मत संकेत गर्न नसक्ने भएमा मतसंकेत गर्ने काममा सहयोग पु¥याउन मतदान अधिकृतलाई अनुरोध गरेमा त्यस्तो सुविधा उपलब्ध गराउने व्यवस्था छ । मतदान अधिकृतलाई सो कुरा उपयुक्त लागेमा मतदान अधिकृतले त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छा अनुसार मत संकेत गर्ने काममा सहयोग गर्नुपर्ने उल्लेख छ ।

अपाङ्गमैत्री मतदानस्थल नहुँदा सास्ती

मन्त्री पदको ‘लालसा’ र आश्वासनमा ‘विकास’

अपाङ्गमैत्री मतदानस्थल नहुँदा सास्ती

मतदानका दिन अशक्त र ज्येष्ठ नागरिकले गाडी

Leave a comment

Your email address will not be published. Required fields are marked *