बुथमा सियो लगायत ६१ प्रकारका सामाग्री

मुगु,२४ कात्तिक ।

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रयोग हुने सामाग्री मुख्य निर्वाचन कार्यालयका आइपुगेको छ । मतदान केन्द्रमा आवश्यक पर्ने ६१ प्रकारका सामग्रीहरू आइपुगेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मतदान प्रक्रियामा सियो, धागोदेखि घडी, र टर्चसम्मका सामग्रीहरू कार्यालयमा आइपुगेको हो ।

जिल्लाका सोरु गाउँपालिका , खत्याड् गाउँ पालिका, मुगम कार्मारोङ गाउँ पालिका र छायाँनाथ रारा नगरपालिका गरी कुल ६७ वटा मतदान केन्द्रमा ६१ प्रकारका एकै खाले सामाग्री प्रयोग हुने निर्वाचन कार्यालयका प्रमुख विष्णुप्रसाद न्यौपानेले जानकारी दिए । कार्यालय प्रमुख न्यौपानेले मतदान क्रममा आवश्यक पर्ने ती सामाग्रीको आवश्यकता र प्रयोग विधिबारे सम्बन्धित केन्द्रमा खट्ने कर्मचारीलाई शनिवार देखि प्रशिक्षित गर्ने योजना रहेको बताए ।

उनका अनुसार तालिम दिए लगत्तै कात्तिक २७ गते बाट सम्बन्धित मतदान केन्द्रमा कर्मचारी खटिने कार्य तालिका रहेको छ । उनका अनुसार प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ मतपत्र रातो रङ्गको र समानुपातिक लाई कालो रङ्गको रहनेछन् । त्यसै गरी प्रदेश सभाका प्रत्यक्षतर्फ रातो रङ्गको र समानुपातिकलाई कालो रङ्गका हुने छन्।

त्यस्तै मतपेटिका स्टिकर नं. १ प्रत्यक्षतर्फ हुनेछ, समानुपातिकतर्फ स्टिकर नं. २ हुनेछ । त्यसै गरी प्रदेशसभाका लागि प्रत्यक्षतर्फ स्टिकर नं– ३ र समानुपातिकमा स्टिकर नं– ४ हुनेछ । कर्मचारीलाई लेख्न कालो र रातो मसीयुक्त जेल पेन, बोरामा विवरण लेख्न मार्कर पेन, सूचना टाँस्न पुस पिन र कागजात व्यवस्थित गर्न क्लिप, पिन चाहिन्छ ।

मतदाता नामावली रुजु गर्दै मतपत्र च्यात्न स्टिलको स्केल , कागजात व्यवस्थित गर्न स्टेपलर मेशिन,स्टेपलर पिन, कैँची, कागजात सिलबन्दी गर्न मैनबत्ती , मतपेटिका सिलबन्दी गर्न लाहा, कागजात टाँस्न ग्लुस्टिक, मतदाता नामावली पल्टाउने सोसर, मतदाता स्थल बनाउन प्लास्टिक सुत्ली, पोस्टर टाँस्न प्याकिङ टेप, कागजात सुरक्षित राख्न हाते कागजको खाम र चिठ्ठी पत्र राख्न अर्को खाम मतदान केन्द्रमा प्रयोग हुने प्रमुख न्यौपानेको भनाइ छ ।

यस्तै, मतपत्र राख्न भित्र कपडा भएको हाते कागजको खाम, सेतो कागज, घटना टिपोट गर्न पोल बुक, मतदान अधिकृतका लागि नोट बुक, महत्त्वपूर्ण कागजात फाइल गर्न रेकर्ड फाइल, मतपत्रसहित कागजात सिलबन्दी गर्न पितलको स्वस्तिक छाप, मतदाताका लागि मत सङ्केत गर्न रबरको स्वस्तिक छाप, मतदान गरेको पहिचान गर्न औँलामा लगाइने नमेटिने खालको मसी गरी यी ६१ प्रकारका सामाग्री हुने गर्दछन् ।

गोरखापत्र

बुथमा सियो लगायत ६१ प्रकारका सामाग्री

‘लालपुर्जा’ सधैँ चुनावी कार्यसूची

बुथमा सियो लगायत ६१ प्रकारका सामाग्री

पत्रकार सरोजराज अधिकारी होटलमा मृत फेला

Leave a comment

Your email address will not be published. Required fields are marked *