सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौं,२४ असोज ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले सोमबार उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

दसैं बिदाका कारण अदालत बन्द भएका कारण पक्राउ परेका उनलाई आजमात्रै अदालतमा उपस्थित गराएको हो । अमेरिकाबाट गत बिहीबार नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको थियो । भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी–२० खेल खेल्न केन्या गएका थिए । उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए ।

उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो । जाहेरी आएकै दिन प्रहरीले नाबालिगको स्वास्थ्य परीक्षण गराएको थियो । यस्तै उनी पुगेको काठमाडौंको होटलबाट सिसिटिभी फुटेज पनि प्रहरीले संकलन गरिसकेको छ । त्यसमा उनी करिब ७ घन्टा होटलमा बसेको देखिन्छ ।

सेतोपाटी

सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राख्न अनुमति

टिकट विवादमा एमालेले गुमायो राष्ट्रिय सभामा एक

सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राख्न अनुमति

रोजगारीका लागि विदेशिने दोब्बर

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!