भारतमा कोरोना संक्रमण फेरि तिब्र रूपमा फैलन थाल्यो, दैनिक ७ हजार बढी संक्रमित

काठमाडौं २७ जेठ ।
भारतमा कोरोना संक्रमण फेरि तिब्र रूपमा फैलन थालेको छ। पछिल्लो २४ घन्टा भित्र भारतमा ७ हजार ५ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको हो । भारतको सबैभन्दा धेरै महाराष्ट्र र केरलामा संक्रमित फेला परेका छन्।
महाराष्ट्रमा २८१३ संक्रमित फेला परेका छन् भने केरलामा २४१५ जना नयाँ संक्रमित फेला परेका छन् । यस्तै राजधानी नयाँ दिल्लीमा ६२२ जना नयाँ संक्रमित फेला परेका छन् । यसअघि शनिबार राजधानी नयाँ दिल्लीमा ४ सय ५ नयाँ संक्रमित भेटिएका थिए ।
लामो समयपछि फेरि भारतमा कोरोना भाइरसका नयाँ संक्रमित थपिएका हुन् । जनवरीमा सुरू भएको तेस्रो लहरपछि दैनिक संक्रमण ७ हजार नाघ्न थालेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार ९९ दिनमा पहिलो पटक बुधबार ७ हजारमाथि संक्रमित फेला परेका हुन् ।
भारतमा बुधबार ७१४४ जना संक्रमित फेला परेका थिए। मंगलबार ६ हजार २८ संक्रमित फेला पर्दा सोमबार ३ हजार ७९६ जनामा संक्रमण पुष्टि भएको थियो । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको छ ।
यस्तै ३६९३ जना निको भएका छन् । सरकारी तथ्यांकअनुसार हाल भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ७३ छ । स्रोत ः सेतोपाटी





