जीप दुर्घटना मृतकको संख्या तीन पुग्यो

जाजरकोट २७ जेठ
जुनीचाँदे गाउँपालिका ५ गर्खाकोटमा जीप दुर्घटना हुदाँ मृत्यु हुनेको सङख्या तिन पुगेको छ । स्वास्थ्य चौकी गर्खाकोटमा उपचार गर्दागर्दै थप एक जनाको मृत्यु भएको जुनीचाँदे गाउँपालिका ५ का वडाध्यक्ष जयबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार जुनीचाँदे गाउँपालिका ६ की कालिका शाहीको मृत्यु भएको हो । ब्रेक फेल भएर सडकबाट झण्डै ५० मिटर तल खसेको जीपमा सवार गरिरहेका जुनीचाँदे गाउँपालिका–५ शिवपुरी निवासी ४० बर्षिय पुतला गिरी, वडा नं.६ निवासी १९ बर्षिय दर्शन शाहीको घटना स्थलमै मृत्यू भएको छ ।
सुर्खेत बाट जुनीचाँदे गाउँपालिका केन्द्र तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१च ०३४१ नम्वरको वोलेरो जीप वडा नं ५ को गर्खाकोट ( वेलपुइना) भन्ने स्थानमा दुर्घटनामा परेको हो । जीपमा सवार जम्मा ११ जना रहेका थिए ।






